www.tandavnews.com
Fact ~ In search of truth

मिस सुनार (विश्वकर्मा) नेपालको उपाधि दिपिकालाई

पोखरा ।

विश्वकर्मा जातीको कला तथा प्रतिभाको उत्थान गर्ने उद्धेश्यले आयोजित दोस्रो संस्करणको मिस सुनार (विश्वकर्मा) नेपालको उपाधि पोखराकी दिपिका सुनारले जितेकी छन् ।

पोखरा सभागृह हलमा भएको ग्राण्ड फिनालीमा प्रतिष्पर्धामा उत्रिएका अन्य प्रतियोगीलाई पराजित गर्दै दिपिकाले उपाधि चुम्न सफल भएकी हुन् । भिजुअल जोन प्रा.लि.ले आयोजना गरेको प्रतियोगीताको ग्राण्ड फिनालीमा ११ जना युवती पुगेका थिए । प्रतियोगीतामा पर्वत कुष्माकी आहना सुनार फस्ट रर्नसअप तथा तनहुँकी उर्मिला सकेन्ड रनर्सअप बन्न सफल भए ।

Batas

प्रतियोगीतामा मस्ट ट्यालेन्ट पोखराकी अस्मिता सुनार, मस्ट कन्फिडेन्ट आहना सुनार, बेस्ट फिगर तथा स्किन साधना सुनार, मस्ट डिसिपिलन तथा मस्ट स्टाइलिस बुटबलकी अस्मिता सुनार, मस्ट पपुलर तथा पंच्युल दिपिका सुनार, वेष्ट हेयर पार्वती सुनार, मस्ट व्युटिफुल तथा मस्ट फे्रन्डली प्रियकां सुनार, वेस्ट वाल्क सविना सुनार, वेष्ट स्माइल अनिता सुनार, मस्ट चार्मिङ भुमिका सुनार र भिवर च्वाइसको पुरस्कार उर्मिला सुनारले जितिन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओम बहादुर रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै उनले यस्ता कार्यक्रमले प्रतियोगीमा भएको प्रतिभाको विकास हुन मद्दत पुग्ने बताए । प्रतियोगीताको मुख्य निर्णायकमा काली प्रसाद बास्कोटा रहेका थिए ।

प्रतियोगीतामा १६ वर्षदेखि ३० वर्षसम्मका अविवाहित युवतीले सहभागीता जनाएको भिजुअल जोनका प्रबन्ध निर्देशक सञ्जु सुनारले बताए ।

एक महिनाको तालिमको साथमा फोटोसुट, भ्रमण, ट्यालेन्ट सो लगायत मार्फत उनीहरुमा निखारता प्रदान गरि फिनालीमा उतारिएको सुनारको भनाइ छ ।

कार्यक्रमको थप आर्कषण गीत तथा नृत्य प्रस्तुती समेत रहेको कार्यक्रम संयोजक प्रतिक सुनारले जानकारी दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.