www.tandavnews.com
Fact ~ In search of truth

स्थानीय तहलाई संगठन संरचना र दरबन्दी पठाउन निर्देशन

काठमाडौँ, रासस: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई अहिले भएको संगठन संरचना र दरबन्दी पठाउन निर्देशन दिएको छ ।

मन्त्रालयले मन्त्रिपरिषद्बाट स्वीकृत स्थानीय तहको अन्तरिक संगठन, संरचना तथा दरवन्दीअनुसार स्थानीय तहमा कर्मचारी समायोनका लागि सबै स्थानीय तहबाट संगठन संरचना र दरबन्दी पठाउन निर्देशन गरेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।

उनका अनुसार स्वीकृत दरबन्दीअनुसार स्थानीय तहको कार्यप्रकृति, सेवा प्रवाह र विकास व्यवस्थापनको आवश्यकता, भौगोलिक स्थिति र सेवा पुर्याउनुपर्ने जनसंख्याका आधारमा स्थायी संरचना र दरबन्दी निर्धारण गरी स्वीकृत गर्नुपर्ने भएकोले १५ दिनभित्र दरबन्दी पठाउन निर्देशन दिइएको हो ।

मन्त्रिपरिषद्ले अन्तरिम व्यवस्थापनअन्तर्गत स्थानीय तहका लागि करीब ५७ हजार दरबन्दी स्वीकृत गरेको छ ।

मन्त्रालयले अन्तरिम संगठन संरचना एवं दरबन्दीमा कुन/कुन श्रेणी थपघट गर्नुपर्ने हो, विगतमा स्थानीय निकायमा कार्यरत कर्मचारी के कति दरबन्दीमा रहेका छन् र उनीहरुलाई कसरी व्यवस्थापन गर्न सकिन्छ, हाल भइरहेका संगठन संरचना भन्दा बढी दरबन्दी स्वीकृत गर्नुपर्ने भए पद वा श्रेणी खुलाउनुपर्ने लगायतका कुरा निर्देशनमा उल्लेख गरिएको छ ।

अहिले स्थानीय तहमा करीब आठ हजार कर्मचारी अपुग भएको बताइएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.