www.tandavnews.com
Fact ~ In search of truth

लेखा सुपरीबेक्षण समितिको क्षमता विकास तालिम सम्पन्न

पोखरा ।

पोखरामा लेखा सुपरीवेक्षण समितीको क्षमता विकास तालिम सम्पन्न भएको छ ।

राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय पोखराको आयोजनामा तालिम सञ्चालन भएको थियो । तालिममा पोखराका विभिन्न सहकारीका २५ जना लेखा समिति सदस्यहरु सहभागि भएका थिए ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रवन्धक भरत कुमार चिमरियाको अतिथ्यता रहेको थियो।

Batas

कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रवि रमण तिवारीले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतारी सहकारी संस्थालाई मर्यादित र सुसासित गर्न मार्ग निर्देशन गर्न आग्रह गरे । उनले राष्ट्रिय सहकारी बैंक सहकारीहरुको दिगो बिकासमा क्रियाशील रहेको भन्दै बिशेष धन्यवाद समते दिए ।

जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रवि रमण तिवारीको अध्यक्षता भएको तालिमलाई बैंकको प्रवन्धक भरत कुमार चिमरियाले सहजीकरण गरेका थिए । कार्यक्रम चिप्लेढुंगा पोखरामा रहेको क्याफे दी गार्डेनको सभा हलमा भएको थियो । पोखरा शाखा प्रमुख संन्तोष घिमिरेले कार्यक्रम सञ्चालन गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.