पोखरा
ताण्डव न्यूज ।
नायक आर्यन सिग्देलको होम प्रोडक्सनमा निर्माण भएकोे फिल्म ‘कायरा’ यहि साउन १८ देखि देशभर प्रर्दशन हुदैछ । रिलिज डेट नजिकिदैं गर्दा फिल्म युनिटले आज(शनिबार) पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्यो ।

पत्रकार सम्मेलनमा बोल्दै फिल्मका निर्देशक लक्ष्मण रिजालले फिल्म प्रेम कथामा आधारित रहेको बताए । ‘पोखरा आफै पनि प्रेमील सहर हो,’ उनले भने, ‘पोखरेली दर्शकहरुले कायरा रुचाउनु हुनेछ भन्ने विश्वास लिएको छु ।’
प्रस्तुतकर्ता तथा नायक आर्यन सिग्देलले कायरा माया, प्रेम, हासो, रोदन को समिश्रण रहेको बताए । ‘फिल्म सन्देश भन्दा पनि मनोरञ्जनका लागि हेर्ने गरिन्छ,’ उनले भने, ‘फिल्मको डायलगलाई युवा दर्शकहरुले रुचाएका छन् । यो फिल्म पनि युवा लक्षित छ । आशा छ कथालाई मन पराउनु हुनेछ ।’
नायिका सम्राज्ञी राज्य लक्ष्मी शाहले नयाँ नायकहरु संग काम गर्नु र अनुभवि संग काम गर्नु आकाश जमिनको भिन्नता रहेको बताइन् । ‘नयाँसंग काम गर्दा आफुले नै कहिले काहिं सिकाउनु पर्ने जब म आफै अनुभवि भैसकेको छैन , आर्यन दाई संग काम गर्दा मैले सिक्ने मात्रै होइन धेरै अुनभव बटुल्ने अवसर पाएँ,’ उनले भनिन् ।
आर्यन करिब २ बर्षपछि फिल्मी पर्दामा देखिदैछन् ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.