www.tandavnews.com
Fact ~ In search of truth

पाेखराबाट इराक लैजाने भन्दै १६ लाख ठगि

पोखरा
ताण्डव न्यूज ।

इराक लैजाने भन्दै चार जना युवाबाट १६ लाख ठगि भएको छ ।

पोखराबाट इराक लैजाने भन्दै ठगि गर्ने गोरखाका मणिराज भन्ने मानबहादुर गुरुङ लगायतका व्यक्तिले चार जना युवालाई ठगेका हुन् ।

Batas

मणिराजले इराक लैजाने भन्दै पोखराका ३ जना र रुपन्देहीका १ जना व्यक्तिसँग ४–४ लाख रुपैयाँ ठगेपछि मणिराजलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेर गत साता पोखरा ल्याएको थियो ।

पीडित पक्ष र मणिराज बीच छलफल भएपछि मुख्य योजनाकारलाई पक्राउ गर्ने सर्तमा कास्की प्रहरीले छाडेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।

‘मणिराजको संलग्नता देखिए पनि मुख्य योजनाकार फरार छ,’ उनले भने, ‘पीडितकै चाहना अनुसार मुख्य योजनाकारलाई कानुनी दायरामा ल्याउने सर्तमा मणिराजलाई छाडिएको हो ।’

मणिराज लगायका गिरोहले जेठ ५ गते कास्की अन्नपूर्ण गाउँपालिका–२ का रेशमराज अधिकारी, सोही ठाँउका राजेन्द्र भण्डारी, माछापुच्छे–८ का मुक्तिराम दाहाल र रुपन्देही देबदह–१ का दविलाल सुवेदीसँग इराक लैजाने भन्दै ४–४ लाख गरि १६ लाख लिएका थिए ।

वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन (सामी) परियोजना सूचना तथा परामर्श केन्द्र कास्कीमा पीडितले दिएको उजुरी ।

रकम लिएपछि गिरोहले उनीहरुलाई भिसा दियो । उनीहरुले पाएको भिसा नक्कली रहेछ भनेर तब मात्र थाहा पाए जब उनीहरु दुवई प्रहरीको फन्दामा परे । भारतको दिल्ली हुँदै दुवईबाट इराक जाने ट्रान्जिटमा दुवई प्रहरीले नक्कली भिसा भन्दै उनीहरुलाई ८ घण्टा हतकडि लगाई राखेर नेपाल पठाएको थियो ।

मनबहादुर लगायतको गिरोहले पीडित ४ जनालाई दिएको नक्कली भिसाको प्रतिलिपि

नेपाल आएपछि उनीहरुले मणिराज विरुद्ध वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन (सामी) परियोजना सूचना तथा परामर्श केन्द्र कास्कीमा उजुरी गरे ।

सामीले जिल्ला प्रहरी कार्यालय कास्कीसँग मद्दत मागेर पैसा ठगि गरी भागेका मणिराजलाई काठमाडौंबाट पक्राउ गरेर ल्याएको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.