पोखरा ।
प्रदिप भट्टराईद्धारा निर्देशित फिल्म शत्रु गतेको पोखरामा च्यारिटी शो गरिएकाे छ । शुक्रबार (अाज) विहान ८ वजे पोखराको विन्दवासिनी सिनेमा हलमा च्यारिटी शो गरिएको हो ।
मह सञ्चारको प्रस्तुतिमा रहेको फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दिपाश्री निरौला, राजाराम पौडेल, शिव हरि पौडेल, किरण केसी लगायत पल शाह, आचल शर्मा, प्रियंका कार्की, बसुन्धरा भुसाल,सुष्मा कार्की, अन्जु महर्जन लगायतका कलाकारको अभिनय छ ।

चलचित्र मार्फत समाजमा वातावरणसम्वन्धी सकरात्मक सोचको विकास गर्ने उद्देश्यले ल्याङ्गवेज एशोसियनसन अफ नेपाल (लान)ले च्यारिटी शोको आयोजना गरेको हो ।
‘हाम्रो पोखरा, राम्रो पोखरा, वातावरण राखौं सधैं हराभरा’ भन्ने ध्येयले आयोजित कार्यक्रम मार्फत आम जनमानसमा वातावरणीय चेतनाको विकासमा टेवा पुग्ने कार्यक्रम संयोजक प्रकाशकुमार श्रेष्ठले जानकारी दिए ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.