www.tandavnews.com
Fact ~ In search of truth

अन्तर रेष्टुरेण्ट फुटसल प्रतियोगिता हुने

पोखरा
ताण्डव न्यूज ।

डुङ्गा रेष्ट्रो एण्ड लाउन्ज बारको आयोजनामा पहिलो अन्तर रेष्टुरेण्ट फुटसल प्रतियोगिता हुने भएको छ ।

लेकसाइड स्थित च्याम्पियन फुटसल एरिनामा हुने सो प्रतियोगितामा ३५ टिमको सहभागिता रहने आयोजक डुङ्गा रेष्ट्रो एण्ड लाउन्ज बारका व्यवस्थापक प्रमोद थापाले जानकारी दिए ।
नक आउट चरणमा खेलाइने प्रतियोगितामा प्रथम, द्वितीय हुने टिमले क्रमशः रु ३५ हजार र २० हजार जित्नेछन् ।

Batas

उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई समेत पुरस्कृत गरिने थापाले बताए ।

‘रेष्टुरेण्टमा काम गर्ने सबै कर्मचारी बीच भाइचारा सम्बन्ध स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेका हौं’, उनले भने ।

सो अवसरमा राष्ट्रिय महिला भलिवल खेलाडी मञ्जु गुरुङ र पूर्व फुटवल खेलाडी विजय गुरुङलाई सम्मान गरिने छ ।

प्रतियोगिता भोलि (सोमबार ) देखि २ दिन सम्म चल्ने छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.