काठमाडौँ ।
नेपाल एशिया कपमा छनौट भएको छ । आज टियु क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गर्दै एसीसी प्रिमियर कपको उपाधि जितेर एशिया कपमा छनौट भएको हो ।
युएईले दिएको ११८ रनको सामान्य लक्ष्यलाई नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि गुलशन झाले सर्बाधिक ६७ रन बनाए भने भिम सार्कीले ३६ रन बनाएका थिए ।यसअघि टस हारेर पहिला ब्याटिंग गरेको युएई ३३.१ ओभरमा ११७ रन बनाएर अल आउट भएको थियो ।
नेपालका लागि ललित राजबंशीले सर्बाधिक ४ विकेट लिएका छन् । ललितले ७.१ ओभरमा २ मेडनसहित १४ रन दिटर ४ विकेट लिए ।

त्यस्तै करण केसी र सन्दीप लामिछानेले २-२ विकेट लिए भने सोमपाल कामी र गुलशन झाले एल एक विकेट लिएका थिए ।
एसीसी प्रिमियर कप सकिएसँगै अब एशिया कपको समीकरण पनि पुरा भएको छ । जस अनुसार समुह ए मा भारत, पाकिस्तानसँगै नेपाल खेल्ने भएको छ भने समुह बि मा अफगानिस्तान, बंगलादेश र श्रीलंका रहेको छ ।
रासस
© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.