काठमाडौँ ।
मुख्य समस्याका रुपमा रहेको काठमाडौँ उपत्यकाको यातायातको साधन पार्किङमा अब सहज हुने भएको छ ।
काठमाडौँ महानगरपालिकाले पार्किङ व्यवस्थित गर्नका लागि स्मार्ट पार्किङ निर्माणको तयारीमा जुटेसँगै उक्त समस्यामा कमी आउने भएको हो । कामपाले अहिले उक्त पार्किङस्थल पहिलो चरणमा नयाँ सडक, धर्मपथमा निर्माण गर्ने तयारी अन्तिम चरणमा पु¥याएको छ । आगामी हप्ता बोलपत्रका लागि सूचना गरिने र त्यसको एक महिनापछि प्रक्रियानुरुपका कम्पनीलाई निर्माणको जिम्मा दिइने कामपा सार्वजनिक एकाइ प्रमुख महेश काफ्लेले जानकारी दिए ।

पहिलो पटक परीक्षणका रुपमा गरिने उक्त पार्किङस्थलको प्रभावकारिता हेरी अन्य स्थानमा पनि निर्माण गरिने कामपा सार्वजनिक प्रमुख काफ्लेले जानकारी दिए । उनका अनुसार यस किसिमको पार्किङ अत्यन्तै सुविधासम्पन्न हुन्छ । कोही व्यक्ति नयाँ सडक जान लागेको छ भने अन्य कुनै स्थानबाट पहिले नै सवारी पार्किङका लागि स्थान सुनिश्चित गर्न सकिन्छ । कारणवश अन्य व्यक्तिले पहिले नै बुक गरिसकेको भए सो स्थानमा सवारी साधन पार्किङ गर्न लगेमा त्यहाँ ठाउँ पाइनेछैन ।
दर्ता गरिएको सवारी साधनको नम्बर सही छ वा छैन भनी ‘सेन्सर मेशिन’ले जाँच गर्ने भएकाले दर्ता भएको सवारी साधन मात्र पार्क गर्न सकिन्छ । जुन सवारीसाधनको नम्बर दर्ता भएको छ, उक्त सवारीसाधनले मात्र उक्त स्थानमा पार्किङको सुविधा लिन पाउने काफ्लेले बताए।
नयाँ सडकमा विशालबजार अगाडि रहेको खाली स्थानमा पार्किङ स्थल निर्माण गर्ने तयारी पनि कामपाको छ । उक्त पार्किङस्थलमा एकै पटकमा सानाठूला गरी झण्डै एक हजार सवारी साधन राख्न मिल्नेछ । -रासस
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.