www.tandavnews.com
Fact ~ In search of truth

नेविसंघ कास्कीको सचिवमा संघर्ष कोइराला मनोनित

पोखरा ।

नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ कास्की जिल्ला सचिवमा कास्कीका संघर्ष कोइराला मनोनित भएका छन् ।

२०७१ सालमा जिल्ला सदस्य भएका कोइरालालाई संगठनको करिब ३ बर्षको रिक्तता पछि सभापति बिकाश थापाले सचिव मनोनित गरेका हुन् ।

Batas

बाल्यकाल देखि नै कांग्रेसको राजनीतिक माहोलमा हुर्केका कोइराला गत साल सम्पन्न स्थानीय चुनाबमा महानगर संयोजकमा नियुक्ति भएका थिए ।

कोइरालाले संगठनको विधि र विधानमा रही नेबि संघलाई थप उचाईमा पुर्याउने लक्ष्य लिएर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । साथै तोकिएकै मितिमा अधिवेशन हुने उनको भनाई छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.