www.tandavnews.com
Fact ~ In search of truth

बलात्कारको आरोपमा पाँच जना पक्राउ

चितवन ।

सामूहिक बलात्कारको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज एक सूचना जारी गरी गत साउन ३० गते उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार पक्राउ पर्नेमा गैँडाकोट नगरपालिका–४ बस्ने २१ वर्षीय युवराज सारु मगर, वडा नं २ बस्ने १९ वर्षीय सैन्थील धिमाल, भरतपुर महानगरपालिका–११ बस्ने २० वर्षीय आकाश थापा, भरतपुर महानगरपालिका–२९ बस्ने ३५ वर्षीय अर्जुन बिक र १७ वर्षीय युवक रहेका छन् । उनीहरुले प्यूठान जिल्ला घर भई भरतपुर आफन्तकामा बसेर काम गर्दै आएकी किशोरीमाथि साउन ३० गते भरतपुर महानगरपालिका–११ बसेनीमा रहेको डिएसएम मिनरल वाटर कम्पनीमा लगी सामूहिक बलत्कार गरेको आरोप लागेको छ ।

उनीहरुले बालकसँग सामान्य चिनजान भएकी उनलाई दिउँसो ३ बजे नारायणगढको पुल्चोक पु¥याइदिने भन्दै म्याजिकमा लगेका थिए । म्याजिकका सहचालक र म्याजिक चालक आकाश थापाले दिनभर अनेक बहाना बनाई साथमा नै लिएर हिँडेको प्रहरीले जनाएको छ । दिनभरसँगै लगेपछि रातको समयमा किशोरीलाई मिनरल वाटर कम्पनीमा लगी मादकपदार्थ सेवन गराई सामूहिक रुपमा बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

बालिकाको प्रारम्भिक अनुसन्धान र जाहेरी हेर्दा पाँच युवाको संलग्नता देखिए पनि विस्तृत अनुसन्धानपछि मात्र थप पुष्टि हुने आचार्यले बताए । उनीहरुलाई पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।-रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.