www.tandavnews.com
Fact ~ In search of truth

पिसिएममा बिसिआइएस पाठ्क्रम सञ्चालन

पोखरा
ताण्डव न्यूज ।
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) ले ब्याचलर अफ कम्युटर इन्र्फमेसन सिस्टम (बिसिआइएस) पाठ्क्रम सञ्चालनमा ल्याएको छ ।

बुधबार पत्रकार सम्मेलनमा बोल्दै कलेजका प्राचार्य चैतन्यराज अधिकारीले बिएससि कोर्ष व्यवस्थापन र सूचना प्रविधि (आइटि) को फ्युजनबाट तयार गरिएको उत्कृष्ट कोर्स रहेकाले यो बिषय अत्यन्तै उपयोगी हुँदा बिद्यार्थीलाई पठ्नमा जोड दिए । ४ बर्षको बिसिआइएस कोर्समा ५ लाख ४८ हजार खर्च लाग्ने अधिकारीले जानकारी दिए ।

कोअडिनेटर हरिप्रसाद बरालले यस बिषयबाट बेरोजगार उत्पादन गर्न होइन रोजगारीमा उत्पादन बढ्नमा मद्दत पुग्ने विश्वास रहेको बताए । एस कोर्सबाट ५० प्रतिशत आइटि कोर्स र बिभिन्न एनोराइड एप्स डाउनलोड गर्न, प्रोग्राम, डिजाइन सरकारी सेवा कम्पनी तथा उद्योगहरुमा व्यवस्थापन साथै करिअर डेपलोपमेन्टको अवसर रहेको बताए ।

Batas

पिसिएममा यस बर्षदेखि छुट्टै बिभाग बनाई कोर्ष सञ्चालन गरिएको साथै बिबिए कोर्ष जस्तै सफल पार्न दृढताका साथ पिसिएम अघि बढेको बरालले बताए । यो कोर्स गर्नका लागि जुनसुकै बिषयमा ४५ प्रतिशत ल्याएको अथवा सि ग्रेड ल्याइ उत्तिर्ण गरेको बिद्यार्थीले भर्ना गर्न पाउँछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.