
पाेखरा
ताण्डव न्यूज ।
यस प्रालिको पोखरामा कहिले स्थापना भयो र यसको मुख्य उत्पादक के हो ?
२०५१ जेठ ३ गते स्थापना भएको थियो । यसको मुख्य सेल डिस्टिब्यूटर हंशराज हुलासचन्द्र एण्ड प्रालि हो । यसमा हामीले सबडिलर लिएका छौं । यसको मुख्य प्रोडक्ट भनेको बजाज नै हो । यसको धेरै प्रोडक्टहरु पनि छ । यो प्रोडक्टमा पनि टु–ह्इलमा हामीले मोटरसाइकलमा प्रोत्साहन गरेर यसैमा रहेका छौं ।

यसमा पनि बजाजको धेरै भेराइटिज, मोडलहरु पनि छन् । जस्तो, अहिलेको तत्कालको कुरा गर्दा पल्सरको ब्रान्ड भनेर अलग्गै छ । यसको पनि थुप्रै भागहरु छ जस्तै, १५०, २२० सिसी, १८० सिसी इत्यादी । पल्सर आरएस फोहन्डेड थियो त्यसपछि डोमिनार भनेर निकाल्यो । डिस्कभर, एभेन्जर बाइकको प्रोडक्ट अलग्गै निकालेको छ ।
बजारमा रिसेन्ट भ्यालु कुन बाइकमा छ ?
अहिलेको तत्कालिन भन्नुपर्दा २०० एनएसको राम्रो मार्केट छ । १८० सिसीको पनि राम्रो छ भने १५० सिसी अफिसियल्ली लेवलमा राम्रो दिएको छ । मार्केटमा युवा वर्ग र अफिसियल बर्गलाई बढी चढेको पाइन्छ । २०० एनएस बढी बिकेको छ । युवादेखि बृद्धसम्मलाई मन पर्ने मोडल बजाजले निकालेको छ । यसको माग पनि उत्तिकै छ । नेपालमा ७५ प्रतिशत कभरेज बजाजले गरेको छ जस्तो लाग्छ ।
यस प्रालिले ग्राहकलाई कस्तो सेवा सुविधा दिएको छ ?
नर्मलली अफरहरु लगाएका हुन्छौ । हरेक वर्ष दसैं, ल्होसारको अफरहरु ल्याउँछौं । सर्भिस क्याम्प, एक्चेन्ज मेलाहरु लगाउँछौं । हरेक तीन– तीन महिनामा एउटा एक्चेन्ज कस्टुमरलाई दिन्छौै । विगत वर्षहरुमा ७ हजारदेखि १ लाखसम्मको छुट, अफर गरेका छौं । सेवा सुविधा सहुलियत हिसावमा गरिन्छ ।
बजाजकै बाइक किन चढ्ने ?
यसको कारण भन्नुपर्दा नेपालमा रहेको डिटिएस इन्जिन यस बाइकमा हुन्छ जुन अरु कुनै पनि प्रोडक्टमा छैन् । अर्को ग्राहकको लुक्सको चाहना अनुसारको पूर्ति गर्नको लागि बनाएको भएर पनि सायद यसको बिजनेस राम्रो छ ।
यसको शाखाहरु कहाँकहाँ रहेका छन् ?
यस संस्थाले लगभग दुईवटा शाख पोखरामै छन् । बजारमा सेवा सुविधा दिनको लागि लेखनाथ र लामाचौरमा शाखा खोलिएको छ । निकट भविष्यमा गाउँतिरकोलागि सहयोग दिनको लागि नयाँपुलमा लैजाने सोंच छ । पोखरामै बिरौटा, अमरसिंहमा पनि शाखा विस्तारको तयारीमा छौं ।
प्रालिले सामाजिक कार्यमा केकस्तो योगदान गर्नुभएको छ ?
सामाजिक कार्यपनि हामी गरिरहेका छौं । जस्तो कि, लायन्स क्लब लेकसिटीको भूतपूर्व अध्यक्ष रहेको र थुप्रै पटक रक्तदान कार्यक्रम आयोजना गरेको, शान्तिस्तुपामा आर्थिक सहयोग, काँहुधरहरा धर्मकार्य बुद्धमण्डलामा सदस्यता, नदीपुरमा रहेको बालमन्दिर विद्यालयका छात्रबृत्तिमा सहयोग, अन्नपूर्णआत्मनिर्मल बाल आश्रममा सल्लाहकार, धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग, भूकम्प पीडितलाई सहयोग, नदीपुर बुद्धविहार अक्षयकोष स्थापनामा सहयोग, सहारा क्लब भवन निर्माणमा सहयोग, मिस नेवाः गाईजात्रा लगायत विभिन्न कार्यक्षेत्रमा सहयोग गर्दै आइरहेका छौं ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.