www.tandavnews.com
Fact ~ In search of truth

काँग्रेस महामन्त्री खड्काद्धारा विधान संशोधन मस्यौदा पेश

काठमाडौं ।

काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन मस्यौदा पेश गरेका छन् ।

पार्टी कार्यालय सानेपामा आज बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा खड्काले विधान संशोधन मस्यौदा पेश गरेका हुन् ।

लामो समयदेखि मस्यौदाका विषयमा सहमति जुट्न नसकेपछि महामन्त्री खड्काले फरक मतसहितको विधान मस्यौदा केन्द्रीय समितिमा पेश गरेका हुन् ।

पदाधिकारी र संसदीय समितिको संख्याका साथै चयन प्रक्रिया, अनुशासन समिति, पार्टीको सदस्यतालगायतका विषयमा मस्यौदा समितिमा सहमति जुट्न नसकेपछि केन्द्रीय समितिमै दफावार छलफल हुने भएको छ ।

महामन्त्री खड्काले विधानको मस्यौदा पेस गरेपछि पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई अध्ययनका लागि दिइने छ । योसँगै फेरि केही दिन मस्यौदा पढ्नका लागि सदस्यहरुले समय पाउने छन् ।

त्यसपछि मात्र फेरि केन्द्रीय समितिको बैठक बस्ने र निरन्तर छलफल हुने बताइएको छ । यही मंसिर २८ देखि पुस ३ गतेसम्म काठमाडौंमा बस्ने महासमिति बैठकले विधान पारित गर्ने छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.