www.tandavnews.com
Fact ~ In search of truth

एशियाडः प्याराग्लाइडिङमा नेपाललाई रजत

काठमाडौँ ।

एशियाली खेलकूद (एशियाड)मा पहिलो पटक सहभागिता जनाएको प्याराग्लाइडिङ खेलले नेपाललाई रजत पदक दिलाएको छ ।

एशियाडको ६७ वर्षे इतिहासमा नेपालले दोस्रो पटक रजत जितेको हो । इण्डोनेसियामा जारी १८आैँ संस्करणको एशियाडअन्तर्गत प्याराग्लाइडिङकोे पुरुष क्रस कन्ट्री स्पर्धाको अन्तिम चरणको खेलमा नेपालले रजत हात पारेको हो ।

जाकार्तास्थित गुनुङ मास पुनकाकमा भएको खेलमा नेपालले रजतपदक पक्का गरेको हो । प्रतियोगितामा स्वर्णपदक भने जापानले हात पा¥यो । अब नेपालको रजत पदक संख्या दुई पुगेको छ

यसअघि सन् १९९८ मा थाइल्याण्डको बैककमा भएको एशियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले नेपाललाई रजत पदक दिलाएकी थिइन् । नेपालले यसअघिका एशियाडमा तेक्वान्दो, बक्सिङ र कराते गरी २३ पदक जित्न सफल भएको थियो । नेपाल जापानभन्दा २७ अंकले मात्रै पछि परेको थियो । पाँचाैँ राउण्डको खेल सकिँदा नेपालले ११ हजार ३६४ अंक मात्र बनाउन सक्यो ।

त्यस्तै पहिलो स्थानमा रहेको जापानले भने ११ हजार ३९१ अंक जोड्यो । क्रस कन्ट्रीमा नेपालका सबै खेलाडीले टास्क पूरा गरेका थिए । प्याराग्लाइडिङको टिम क्रस कन्ट्रीमा पाँच खेलाडी हुन्छन् । नेपाली टोलीमा विमल अधिकारी, युकेश गुरुङ, विजय गौतम, सुशील गुरुङ र विशाल थापा थिए ।-रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.