www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच छलफल

काठमाडौँ ।

प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टीको तल्ला तहको एकता एवं सरकारको काम कारवाहीबारे छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको छलफलमा प्रदेश र जिल्ला तहको पार्टी एकतालाई शीघ्र निष्कर्षमा पुर्याउने तथा जनवर्गीय सङ्गठनको एकतालाई टुङ्गोमा पुर्याउने विषयमा विचारविमर्श भएको थियो ।

प्रदेश, जिल्ला र जनवर्गीय सङ्गठनको एकताका लागि गठित अधिकांश कार्यदलले प्रतिवेदन बुझाएका छन् । तर पार्टीको सचिवालय बैठक बस्न नसक्दा ती प्रतिवेदन कार्यान्वयन हुन सकेको छैन । यस्तै छलफलमा सरकारको काम कारवाही र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत कुराकानी भएको बुझिएको छ ।-रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.