www.tandavnews.com
Fact ~ In search of truth

सल्लाहकारको मापदण्डः सम्बन्धित विषयमा स्नातकोत्तर र १० वर्ष अनुभव

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेश मुख्य मन्त्री तथा विभिन्न मन्त्रालयमा आवश्यक पर्ने विज्ञ तथा सल्लाहकार नियुक्त गर्न मापदण्ड तोकिएको छ ।

मुख्य मन्त्री/प्रदेश मन्त्रालयमा विज्ञ वा सल्लाहकार भई काम गर्न सम्बन्धित विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हाँसिल गरेको र सम्बन्धित क्षेत्रमा १० वर्षको अनुभव भएको हुनुपर्ने भौतिक पूर्वाधार विकास मन्त्री एवं सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

Batas

‘विज्ञको रुपमा पहिचान भएको, नेपाली नागरिक, डिभि/पिआर नभएको, फौजदारी अभियोग नलागेको, उच्च नैतिक चरित्र भएको तथा कालोसूचिमा नपरेको, सरकारी/नेपाल सरकार, प्रदेश सरकारको संगठित संस्था वा स्थानीय निकायसँग सम्बन्धित कुनै बेरुजु नरहेको व्यक्तिलाई नियुक्त गर्ने मापदण्ड तोकिएको छ ।’ मन्त्री बस्नेतले भने ।

हेलो मुख्यमन्त्री संचालन निर्देशिका स्वीकृत

मन्त्रीपरिषद्को बैठकले ‘हेलो मुख्यमन्त्री संचालन निर्देशिका’ स्वीकृत गरेको छ । हेलो मुख्यमन्त्री कार्यक्रम सुरु भएपनि सो संचालन निर्देशिका थिएन ।

निर्देशिकामा उप–सचिव स्तरको कर्मचारी सुपरिवेक्षण रहने गरी शाखा अधिकृत, नासु, कार्यालय सहयोगी र चालक सहितको व्यवस्थापन गर्न लागिएको जनाइएको छ ।

जनगुनासोलाई व्यवस्थित तवरले सम्पादन गर्न प्रविधिमैत्री कार्यकक्षको व्यवस्थापन सहित कर्मचारी खटाइने मन्त्री बस्नेतको भनाई छ । व्यवस्थापन पश्चात्त कार्यक्रम २४ सै घण्टा संचालनमा ल्याइने जनाइयो ।

यसैगरी, मन्त्रीपरिषद्को आज बसेको बैठकले साविकको जिल्ला शिक्षा कार्यालय तथा हालको शिक्षा विकास तथा समन्वय इकाइका चलअचल सम्पूर्ण सम्पत्ति प्रदेश सामाजिक विकास मन्त्रालय मातहत ल्याउने निर्णय गरेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.