www.tandavnews.com
Fact ~ In search of truth

फिफा वरियतामा नेपाल एक स्थानमाथि

काठमाडौँ । 

फिफा वरियतामा नेपालको अवस्था एक स्थान सुधार भएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्जजनिक गरेको पछिल्लो वरियतामा नेपाल १६०औँ स्थानमा रहेको छ । गत महीना नेपाल १६१औँ स्थानमा थियो । बङ्गलादेशमा हालै सम्पन्न साफ च्याम्पियनसिपको प्रदर्शनका आधारमा नेपालको वरियतामा सुधार आएको हो ।

Batas

फिफाले निकालेको नयाँ वरियतामा नेपाल दक्षिण एशियाली राष्ट्रमा तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत र माल्दिभ्स क्रमशः ९७आँै र १५१औँ स्थानमा रहेका छन् । भूटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान क्रमशः १८८ १९३, १९९ र १९९औँ स्थानमा छन् ।

नयाँ वरियताको शीर्ष स्थानमा बेल्जियम र फ्रान्स संयुक्तरुपमा पहिलो स्थानमा छन् । दुवै टोलीको १७२९ नम्बर रहेको छ । तेस्रोमा ब्राजिल, चौथोमा क्रोएशिया र पाँचौँ स्थानमा उरुग्वे रहेको छ ।

यस्तै इङ्ग्ल्याण्ड छैटौंँ, पोर्चुगल सातौँ, स्विट्जरल्याण्ड आठौँ, स्पेन नवौँ र डेनमार्क दशौँ स्थानमा रहेका छन् । विभिन्न अन्तर्राष्ट्रिय तथा घरेलु प्रतियोगिताका आधारमा फिफाले प्रत्येक महीना वरियता सार्वजनिक गर्दै आएको छ । (रासस)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.