www.tandavnews.com
Fact ~ In search of truth

महेन्द्रपुलमा रहेको मोबाइल टावरमा फेस्टिबल अफर

पाेखरा,

पोखराको  महेन्द्रपुलमा रहेको पोखरा मोबाइल टावरले दसैं, तिहार, छठ जस्ता पर्वलाई लक्षित गरी फेस्टिबल अफर ल्याएकाे छ । टावरको सञ्चालक पोखरा टावर प्रालिका अध्यक्ष देवबहादुर श्रेष्ठका अनुसार यो अवधिमा जुनसुकै सामान किन्दा पनि विशेष छुट पाइनेछ । यो अफर असाेज १५ देखि कात्तिक महिनाभर कायम रहनेछ ।

अफर अन्तर्गत हरेक दिन लक्की ड्रमार्फत १ जनालाई मोबाइल सेट र ३ जनालाई भित्ते घडी दिइनेछ । टावरमा सामान खरिद गर्दाका कुपनहरु समावेश गरी मंसिर ३ गते बम्पर उपहार खोलिनेछ ।  बम्पर पुरस्कार विजेताले स्कुटर पाउनेछन् ।

Batas

यो ५ तले आधुनिक भवनमा ८० वटा मोबाइल पसल रहेको टावरको अन्डरग्राउन्डमा टावरका ग्राहकका लागि पर्याप्त र निशुल्क पार्किङको व्यवस्था छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.