www.tandavnews.com
Fact ~ In search of truth

साफ सेमिफाईनलमा नेपाली चेलीसँग भिड्दैछ भारत

अर्जुन गिरी
भुटान, ताण्डव न्यूज।

भुटानमा जारी साफ १८ वर्षमुनि (यू–१८) महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतसँग खेल्ने भएको छ ।

समुह ‘ए’ को विजेता टिम भारतले समुह ‘वि’ को उपविजेता टिम नेपालसँग सेमिफाइनल खेल्दै छ भने समुह ‘वि’ को विजेता टिम बांगलादेशले समुह ‘ए’ को उपविजेता टिम भुटानसँग सेमिफाइनल खेल्ने भएको छ ।

Batas
टीम नेपाल

दुवै टिम विच सेमिफाइनल खेले अक्टोबर ५ मा हुने छ ।

बंगलादेशले दोस्रो खेलमा मंगलबार नेपाललाई २–१ को झिनो गोल अन्तरले पराजित गर्दै समुह ‘वि’ को पहिलो स्थान हात पारेको हो । बंगलादेशले यस अघि पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको थियो ।

नेपालले पनि आफ्नो पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेर समुह ‘वि’ को उपविजेता भनेको हो । यता भारतले पनि पहिलो खेलमा भुटान र दोस्रो खेलमा माल्दिप्सलाई पराजित गर्दै समुह ‘ए’ को पहिलो स्थान हासिल गरेको हो ।

टीम इण्डिया

मंगलबार आफ्नो टिमले राम्रो खेलको मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले बताए । ‘पहिलो हाफमा भन्दा दोस्रो हाफमा हाम्रो टिमले राम्रो खेल्यो,’ उनले भने, ‘डिफेन्स र गोल रक्षक विच थोरै कोडिनेसन नहुदा पहिलो गोल भयो ।’ सेमिफाइनल खेल राम्रो हुने उनले सुनाए । ‘यस खेलमा भएको कमिकम्जोरीलाई सुधार्दै सेमिफाइनल खेल राम्रो खेल्ने छौ,’ उनले भने ।

रेफ्रीको फितलो निर्णाय

नेपाल र बंगलादेश विच मंगलबार भएको खेलमा रेफ्रीले फितलो निर्णय गरेको दर्शकले बताएका छन् ।

बंगलादेशको किपरले गल्ती गर्दा पनि फल नदिएको एक दर्शकले बताए । ‘त्यो किपरले डि बक्स भित्र ३ पटक बल राख्दै हातले समात्ने गर्दा पनि रेफ्रिले कुनै फल दिएन्,’ उनले भने, ‘खासमा त्यस्तो अवस्थामा इनडाइरेक्ट फ्रि किक दिनु पर्ने हो, तर रेफ्रिले निर्णय गलत गर्दै उनीहरुलाई चान्स दियो ।’

नेपाली टिमलाई भेदभाव गरेको आरोप पनि लागेको छ । दोस्रो हाफमा नेपालकी खेलाडी रेखा पौडेले हेडिङबाट बल किलियर गर्दा उल्टो उनकै फल देखाउदै रेफ्रिले बंगलादेशलाई चान्स दिए ।

त्यतिमात्र होइन दोस्रो हाफमा नेपाली खेलाडी विमला विकलाई दिनै नपर्ने पहेलो कार्ड दिएपछि झन रेफ्रि विवादमा परेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.