
न्यूयोर्क
सुरेन्द्रबहादुर नेपाली ।
प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिकाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा आज न्यूयोर्क पुगेका छन् ।

कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधामन्त्री ओली सान होजे गएका थिए। उनले कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग द्विपक्षीय भेटवार्ता गर्नाका साथै शान्ति विश्वविद्यालयले प्रदान गरेको मानार्थ विद्यावारिधिको उपाधि ग्रहण गरेका थिए ।

प्रधानमन्त्री ओलीका साथमा उहाँकी धर्मपत्नी राधिका, प्रतिनिधिमण्डलमा रहनुभएका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी छन् । प्रधानमन्त्री ओली बिहीबार कतार हुँदै काठमाडौँतर्फ प्रस्थान गर्नेछन् ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।