www.tandavnews.com
Fact ~ In search of truth

शान्ति क्षेत्र बनाउन सके व्यापारिक केन्द्र बन्छ पोखरा : मुख्यमन्त्री गुरुङ

पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्रोत र साधन सम्पन्न गराउन सके अनुसन्धान र अपराध नियन्त्रणमा नेपालको सुरक्षा संयन्त्र उत्कृष्ट रहेको बताएका छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेशद्वारा पोखरामा हिजो आयोजित शान्ति सुरक्षा र मानवअधिकार विषयको अन्तरक्रियामा उनले सुरक्षा निकायले आफ्नो जनशक्तिलाई आधुनिकीकरण गर्दै आपराधिक गतिविधि नियन्त्रण गर्न लाग्नुपर्ने बताए ।

Batas

उनले गण्डकी प्रदेशलाई शान्ति क्षेत्र बनाउन सके वैदेशिक लगानीकर्ता भित्र्याउन सकिने जिकिर गरे। प्रदेशको समृद्धिसँग जोडिएका मुस्ताङको कोरला, नवलपुरको त्रिवेणी र मनाङको नारफूमा रहेका नाका खोल्नका लागि केन्द्र सरकारलाई सिफारिश गरिएको बताउँदै उनले यी नाका सञ्चालनले पोखरालाई व्यापारिक केन्द्र बनाउन सकिने धारणा राखे ।

प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानको सभापतित्वमा भएको कार्यक्रममा गण्डकी प्रदेशका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुखले शान्ति सुरक्षा र मानव अधिकार सम्बन्धी २०बुदाँमा आफ्नो जिल्लाको गतिविधि, सुरक्षा चुनौतीका विषयमा प्रस्तुतीकरण गरेका थिए ।   रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.