www.tandavnews.com
Fact ~ In search of truth

विश्व हिन्दू युवा समिति कास्कीको शुभकामना आदान प्रदान 

पोखरा,
ताण्डव न्यूज ।

विश्व हिन्दू महासंघ जिल्ला युवा समिति कास्कीको आयोजनामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । शुभकामना कार्यक्रममा बोल्दै विश्व हिन्दु महासंघ कास्कीका अध्यक्ष शंकर खरालले देशको नेतृत्व कुनै पार्टीले नभई संस्कार सस्कृति र सहि आचरण भएका युवाले गर्नु पर्ने अवस्था आएकाले युवा पङक्ति मर्यादित र एकताबद्ध भएर आफ्नो देशको राष्ट्रियता र धर्म रक्षाका लागि लाग्नु पर्ने जनाए ।

विश्व हिन्दु महासंघ पोखरा महानगरका अध्यक्ष अशिल कुमार शाहिले आध्यात्मलाई शासन संग नजोडेसम्म देशमा शुसाषनको परिकल्पना गर्न नसकिने बताउँदै युवाको जोस जाँगरले देशले निकास पाओस् भनि शुभकामना व्यक्त गरे ।

Batas

सनातन धर्म सेवा समिचि कास्की अध्यक्ष रबिन्द्र मकाजुले सनातन धर्म भित्रका रितिरिवाज र चाडपर्वलाई मितवय बनाउनु पर्नेमा जोड दिए ।

सामाजिक जागरणका लागि नारी अभियानका संयोजक सुस्मा पौडेल, गुप्तेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बिष्णु प्रसाद पौडेल, पुम्दीकोट धार्मिक विकास समितिका अध्यक्ष चन्द्रकान्त बराल, विश्व हिन्दु महासंघ नगर महिला अध्यक्ष मेनुका बराल लगायतले आफ्ना मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा रबिन्द्र मकाजुद्धारा लिखित पुस्तक ‘गुप्तेश्वर महादेव गुफा’ पुस्तकको बिमोचना समेत गरिएको थियो । विश्व हिन्दु महासंघ जिल्ला युवा समिति कास्कीका अध्यक्ष युवक लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य समितिका उपाध्यक्ष मधु अधिकारीले राखेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.