www.tandavnews.com
Fact ~ In search of truth

बाालयौन दुव्यर्वहार न्यूनिकरण गर्न सिविनको छलफल

पोखरा ।

पछिल्लो समय देशैभर बढिरहेको बाल यौन दुव्यर्वहारको न्युनिकरणका लागी सबै नागरिक सचेत बन्नुपर्ने एक कार्यक्रममा जोड दिइएको छ ।

सिविन नेपालको आयोजनामा हिजो पोखरामा सम्पन्न कार्यक्रममा देशमा बढेको बाल हत्या,हिंसा,बलात्कार जस्ता क्रुर क्रियाकलापले बालबालिकाको मनष्थितीमा नराम्रो छाप परेकोले यसको न्युनिकरणमा सबै नागरिक लाग्नुपर्ने बताइएको हो ।

Batas

पोखराको पर्यटन क्षेत्रमा हुने गरेको बालयौन दुव्र्यवहार बिरुद्ध बाल क्लबहरुको भूमिका को बारेमा कार्यक्रममा छलफल भएको थियो । कार्यक्रममा पोखरा महानगरपालिका भित्र रहेका बिभिन्न बालक्लबका ५५ जना प्रतिनिधिहरुसंग पर्यटन क्षेत्रमा हुने बालयौन दुव्र्यबहार लाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने बारेमा छलफल गरिएको थियो।

कार्यक्रममा बोल्दै सिविन नेपालका अध्यक्ष तथा कार्यक्रम सभापति माधव प्रधानले नेपाली समाजमा बढ्दै गएको बालयौन दुव्यर्वहारलाई न्यूनिकरण गर्न सबै सचेत हुनुपर्ने बताए । ‘बालबालीकाको बारेमा निति ल्याँउदा बालबालिकाकै कुराहरु समेटिनुपर्ने भन्दै उनले यस्ता कार्यक्रमले बालबालीकाका कुराहरु सरोकारवालाहरुसंग पुर्याउन मद्दत पुर्याउने बताए ।

कार्यक्रममा बालबालिकाहरुले पर्यटन क्षेत्रमा व्याप्त यौन दुव्यर्वहार न्यूनिकरण गर्न बालक्लव, र सरा्कारवालहरुले गर्न सक्ने कामको बारेमा चर्चा गरेका थिए।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.