www.tandavnews.com
Fact ~ In search of truth

दशैं बिदाका लागि सिफारिस सिनेमा

१)

फिल्म : माझी–द माउन्टेन मेन
पात्रहरु : नवाजुद्दिन सिद्धकी (दशरथ)
राधिका आप्टे ( दशरथकी पत्नी )
निर्माता/निर्देशक : केतन महता
विधा : वायोपिक
रिलिज : २०१५ अगस्ट २१

माझी–द, माउन्टेन मेन सत्य घट्नामा आधारित रहेर निर्माण गरिएको फिल्म माझी–द माउन्टेन मेन –भारतको विहारमा वस्ने एक आर्दश प्रेमी दशरथ माझीको प्रेम कथामा आधारित फिल्म हो । आफ्नी गर्भवती श्रीमतीलाई समयमै अस्पताल पु¥याउन अवरोध गर्ने त्यो पहाड देखेर उसलाई यति रिस उठ्छ कि श्रीमतीको मृत्यु पछि पनि दशरथले दिनहुँ त्यो पहाडलाई भत्काउने काममा लाग्दछ ।

Batas

अरु गाउँलेहरुले मूर्ख र पागलको संज्ञा दिएपनि मिथ अफ सिसीपसका झै दिनहुँ त्यहि पहाड खन्ने वा पहाड माथी आफ्नी श्रीमतीको मृत्युको रिस पोख्ने काम गर्दछ ।

फरक धारमा निर्माण भएको यस चलचित्रले भरपुर मन जितेको छ । एउटा प्रेममय भावनाले भरिएको एक पृथक चलचित्र हेर्नेहरुका लागि मझी–द माउटेन मेन गतिलो खुराक बन्न सक्छ ।

२.

वाइस्कोपवाला

पात्रहरु : डेनी डेन्जोपा गीतान्जली थापा, टिका चोपडा, आदि
निर्माताः सुनिल दोसी
निर्देशक : देव मेधेकर
प्रदर्शन मिति : 25 May 2018

रवीन्द्रनाथ टंगोरको चर्चित साहित्यिक उपन्यास कावुलीवालालाई केही परिमार्जित गरि निर्माण गरिएको चलचित्र वायोस्कोपवाला हेर्दा साच्चै उपन्यास पढेको महसुस हुन्छ । दशै बिदामा धेरैजसो विद्यार्थी भाइबहिनीहरुले पढेको कथा कावुलीवालाको विस्तारित रुप भएकोले पनि यो चलचित्र विद्यार्थीहरुका लागि विशेष उपयोगी हुनसक्छ ।

दुबै मुख्य कलकार डेनी र गीताञ्जली नेपाली मूलका भारतीय कलाकारले अभियन गरेको चलचित्र वास्कोपवालामा फोटो पत्रकार अफगानिस्तान जादा मृत्यु भएपछि उसकी छोरीको तर्फबाट पूरै फिल्म बगेको छ ।

३.

बाहुवली (The Beginning and the Conclusion )

(भाग –१ र २ )
पात्रहरु : प्रभास, राना दग्गुवली , तमन्ना अनुस्का शेठी
पटकथा : के.वि. विजेन्द्र प्रसाद
निर्देशक : एस.एम। राजामौली

चलचित्र दृश्यका माध्यमबाट कथा भनिने माध्यम हो । त्यसकारण दृश्यबाट कसरी कथा भन्ने कुरा निर्देशकमा आधारित हुन्छ । एउटा राम्रो कथामा नराम्रो चलचित्र पनि बनेका छन भने ठिकैको कथामा पनि राम्रा चलचित्रहरु बनेका छन् । बाहुवली पनि ठिकैको कथामा वनेको राम्रो चलचित्रमा पर्दछ । किनकि बाहुवलीको कथा सारांश कसैलाई सोध्नुस् वा भन्नुस् सुन्दा वा भन्दा सामान्य नै लाग्छ तर यसको प्रस्तुति बेजोडको छ । अति उत्कृष्ट छ । बाबुविजेन्द्र प्रसाद को पटकथा अति नै सुन्दर छ । वावु विजेन्द्र प्रसाद छोरा एस.एस राजाशैलीका मिलेर सुन्दर चलचित्र तयार पारेका छन् ।

छोरा एस.एस राजाशैलीको यो चलचित्र भारतको एक प्रान्तको चलचित्र हो तर यसले न भारतमा, न नेपालमा, विश्व बजारमै तहल्का मच्चाउन सफल भएको थियो । यो फिल्म धेरैले हलमा नै गएर हेर्नु भएको छ होला र पनि केही राजनीतिज्ञ के अभिभावक र केही फिल्ममा रुचि नहुनेहरुका लागि भनेर पनि दशैमा हेर्नुपर्ने चलचित्रको लिस्टमा यो फिल्म परेको छ ।

हामीले पढेको र हेरेको महाभारतको जस्तो हो कथावस्तु र पनि कसिलो पटकथा र दमदार निर्देशनका कारण वाहुवलीले निर्देशक, कथाकारलाई मात्र नभएर कलाकारहरुलाई पनि धेरै माथि पुर्याको छ । वाँकी चलचित्रले नै बोल्ला । अन्त्यमा वाहुवली–३ मा पुर्वकथा पनि समेटेर सिनेमा निर्माण गर्ने अधिकारिक घोषणा आइसकेको छ ।

४.

गोइङ होम  ( Going home) 

गोइङ होम एक मनोवैज्ञानिक रोगको बारेमा आधारित रहेर व नेको छोटो फिल्म हो । अल्जाईमा भन्ने एक प्रकारको बिर्सने रोगको फिल्म हो । अल्जाइमर भन्ने एक प्रकारको विर्सने रोगको विषयमा रहेर निर्देशकले एउटा पारिवारिक कथा मार्मिक तरिकाले बनाएका छन् ।

हजुरआमा नातिनी र बाबाआमा ४ जना पात्र भित्र भावुक र मर्मस्पर्शी तरिकाले प्रस्तुत गरिएको यो चलचित्रले थुपै्र अवार्डहरु जितिसकेको छ । २००९ मा सार्वजनिक यस फिल्मले सबै उमेरका दर्शक फिल्म मेकरलाई साच्चै एक उदाहरणीय फिल्म बन्नेछ ।

५.

झोला

पात्रहरु : गरिमा पन्त
निर्देशक : यादव कुमार भट्टराई
रिलिज : २०१३

प्रसिद्ध कथाकार कृष्ण धारावासीको चर्चित कथा झोला मा आधारित सफल तरिकाले दृश्यबाट कथावाचन भएको एउटा नेपाली चलचित्र झोला यादव कुमार भट्टराईले निर्देशन गरेका हुन् । राणकालिन समयमा नेपालमा सती प्रथामाथि रहेर निर्माण गरिएको यो चलचित्रले पनि विभिन्न चलचित्र महोत्सवहरुमा समावेश भएको अवार्ड समेत हात पारेको छ ।

हाम्रो पुरानो प्रथा कुरीति अनि उत्तम प्रस्तुतीकरणले गर्दा झोला एक संवेदनशील विषयमा गहन प्रस्तुतिमा बनेको चलचित्र भन्दा फरक नपार्ला । मुलधारमा नायिकाको अभिनय गर्र्दै आइरहेकी कलाकार गरिमा पन्तले आफूलाई एक अब्बल दर्जाको कलाकारको रुपमा स्थापित समेत गरेकी छन् ।

६.

कास्ट अवे

पात्र : टम हन्कस
निर्देशक : रोवर्ट जेमेकिस

काष्ट अवे फिल्म हलिउडमा सन –२००० मा बनेको फिल्म हो । फिल्मको मुख्य पात्रले एउटा घना सागरको तटमा एक्लै छाडिएपछि कसरी उसले जीवन जिउँछ भन्ने विषयवस्तुमा आधारित छ । फिल्मको मुख्य पात्र एक भाग कलाकार टोम हकंसले बिचमा एक्लै बिना बन्दोबस्तीको जीवन, बिना मानिसहरुको भेटघाट, एकलासे जीवन कसरी विताउछ भन्ने विषयवस्तु नै चलचित्रको मुख्य कथा हो ।

यो चलचित्रले त्यतिवेलाका १ दर्जन फिल्म अवार्डहरु जितेको छ । यो चलचित्रबाट प्रभावित भएर नेपालीमा पनि ‘अपवाद’ चलचित्र निर्माण भएको छ । राजवल्लव कोइरालाद्वारा अभिनित यो अपवाद चाहि नेपाली सिने बजारमा त्यति चल्न सकेन । (यस्तै विषयवस्तुका अरु फिल्महरुमा १२७ घण्टा, इन टु द वाइल्ड )

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.