www.tandavnews.com
Fact ~ In search of truth

तिहारमा भाइटीकाको शुभसाइत ११ बजेर ५५ मिनेटमा

काठमाडौं : नेपाल पंचाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ। समितिको बुधबार बसेको बैठकले यही कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए। समितिले शुभ बेलाको साइत दिएको जनाइएको छ।

यस वर्ष यमपञ्चक अर्थात् तिहार कात्तिक १९ गतेदेखि सुरु हुँदै छ। कात्तिक १९ गते कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार तथा आयुर्वेदका प्रवर्तक धन्वन्तरी जयन्ती र यसै दिन भाण्ड त्रयोदशी पर्व पनि मनाइन्छ। कात्तिक २० गते कुकुर तिहार र नरक चतुर्दशी मनाइन्छ। काग र कुकुरलाई यमदूतका रूपमा मानिने गरिएको छ। कात्तिक २१ गते कार्तिक कृष्ण औँशीका दिन लक्ष्मीपूजा गरिन्छ।

यस दिन बेलुकी दीपमालिका गरेपछि लक्ष्मीको विधिपूर्वक आराधना गरिन्छ। कुल परम्पराअनुसार कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाई पूजा गर्ने गरेका छन्। कात्तिक २२ गते कार्तिक शुक्ल प्रतिपदाका दिन बिहीबार गोरु, कृषक र गोवर्द्धन पूजा हुन्छ।

Batas

यस दिन वर्षभर हलो जोत्ने हलीको समेत पूजा गर्ने संस्कृति छ। कार्तिक शुक्ल द्वितीयाका दिन कात्तिक २३ गते भाइटीका परेको अध्यक्ष गौतमले बताए। तिहारको मुख्य दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख र शान्तिको कामना गरी अष्ट चिरञ्जीवी, यमराज, यमुना एवं बली राजाको पूजा गरी त्यसको प्रसाद लगाइदिने चलन छ।
रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.