www.tandavnews.com
Fact ~ In search of truth

घोडेपानी जोड्ने सडक कालोपत्रे गरिने

म्याग्दी ।

करीब २८ करोड रुपैँयाको लागतमा म्याग्दीको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नति शुरु भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइले गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार खिवाङ शिख हुँदै घोडेपानी नजिकैको बस्ती चित्रे जोड्ने १८ किलोमिटर ५ सय ४० मिटर सडक स्तरोन्नति शुरु गर्न लागेको हो ।

Batas

आयोजनाका प्रमुख शिवराम गेलालले हाल कच्ची, साँघुरो र ग्रेड नमिलेको अवस्थामा रहेको सडकलाई फराकिलो बनाएर ग्राभेल, ढलान, ग्याब्रियन पर्खाल, मेशिनरी पर्खाल, ह्युम पाइप, कल्भर्ट, सोलिङ र ३.७५ किलोमिटर कालोपत्रे समेत गरिने जानकारी दिए।

उनका अनुसार ३६ करोड ६९ लाख ५८ हजार १० लागत अनुमान गरिएको आयोजना निर्माणका लागि मोतीदान–जयमाता जेभीले रु २७ करोड ९१ लख ३५ हजार २ सय २० मा ठेक्का सम्झौता गरेको छ ।

रघुगङ्गाको पहुँचमार्ग निर्माण

म्याग्दीमा निर्माण हुन लागेको ४० मेगावाट क्षमताको रघुगङ्गा जलविद्युत् आयोजनाको बाँध स्थलसम्म पुग्ने पहुँचमा निर्माण भएको छ ।रघुगङ्गा गाउँपालिका–३ घुमाउने तालदेखि पिप्ले मौवाफाँट, ४ नम्बर वडाको बुक्ल हुँदै दग्नाम र वडा नं ५ झिँको सिमानामा निर्माण हुन लागेको बाँधसम्म सडक पुर्याइएको हो ।

गत असारमा मौवाफाँटदेखि नयाँ मार्ग (ट्याक) खन्न शुरु गरेको भारतीय निर्माण कम्पनी जेपी एशोसियट्सले बाँधसम्म सडक पुर्याएको रघुगङ्गा हाइड्रो लिमिटेडका प्रबन्ध सञ्चालक श्रीराम पाण्डेले जानकारी दिए ।उनका अनुसार ११ किलोमिटर पहुँचमार्ग मध्य नौ किलोमिटर ९०० मिटर सडकको ट्याक खुलिसकेको छ । घुमाउने तालदेखि पिप्लेसम्म र गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि बाँधसम्म नयाँ ट्याक निर्माण भएको हो ।

पिप्लेदेखि मौवाफाँटसम्म यसअघि निर्माण गरिएको सडक विस्तार र स्तरोन्नति गरिएको छ । मूल सडकदेखि बुक्लमा रहने अडिट नं २ को सुरुङमा जाने ८१४ मध्य ७१४ मिटर सडकको ट्याक खुलिसकेको छ ।२०७४ मङ्सिर ५ गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनी ऋण लगानीकर्ता भारतीय एक्जीम बैंकको स्वीकृति पछि २०७५ जेठ १० गतेदेखि कार्यक्षेत्रमा परिचालन भएको थियो ।

जलविद्युत् आयोजनाले बाँधसम्म निर्माण गरेको सडक विस्तार गरेर पाखापानीको औला जोड्ने तयारी गरिएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । रासस

तस्बिर : म्याग्दीको घोडपानी —गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.