पोखरा /ताण्डव न्यूज ।
चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपालको पहिलो भ्वाईस सि.डि विजय अधिकारीले जितेका छन् ।
गएराती शुक्रबार कतारको दोहास्थित एमपी थिएटरमा सम्पन्न ग्राण्ड फिनालेमा सर्वाधिक भोट प्राप्त गरि अधिकारीले भ्वाइसको उपाधि जितेका हुन् ।
प्रतियोगितामा चारजना कोच दिप श्रेष्ठ,लेडि रक स्टार अवया सुब्बा,सनुप पौडेल,प्रमोद खरेलको टिमबाट १ / १ जना गरि ४ जना फिनालेमा पुगेका थिए ।
कोच दिपबाट सि.डि विजय अधिकारी,कोच अवयाको टिमबाट कुशल आचार्य ,कोच सनुपको टिमबाट शब्तक दुतराज र कोछ प्रमोदको टिमबाट सिरजे थपलिया टप ४ मा परेका पुगेका थिए ।
भोटिङको आधारमा भ्वाइस अफ नेपाल घोषण गरिएको हो ।
सिडिको बारेमा सामान्य जानकारी
कक्षा ७ मा पढदै गर्दा २०५८÷०५९ साल ताका जिल्लास्तरिय गायन प्रतियोगितामा उपाधी प्राप्त गरि वल्र्डभिजनद्वारा प्रकाशित क्यासेट एल्बम ‘आभाष’को आधा दर्जन गीतहरुमा स्वर दिई गायन यात्रा प्रारम्भ गरेका सिडिले हाल सम्म २ सय भन्दा बढि गीतमा आवाज भरिसकेका छन् । उनि सानै देखि संगीत प्रति सौखिन रहेको मदरल्याण्ड उच्च माविका निर्देशक त्रिभुवन शर्माले बताए ।
सिडिले यसअघि पृथ्वीनारायण क्याम्पसको स्वर्ण महोत्सवको अवसरमा आयोजित गायन प्रतियोगितामा प्रथम भइ पि.एन.सी आइडल, विग एफ.एम पोखराको गायन प्रतियोगिता विग आइकनको उपविजेता, वि.सं २०६७ सालमा नेपाल टेलिभिजनबाट प्रसारित खोजी प्रतिभाको उपविजेता र वि.सं २०७४ सालमा रेडियो नेपालद्वारा आयोजित आधुनिक गीतप्रतियोगितामा गायनतर्फ प्रथम पुरस्कार जस्ता उपाधी हात पारिसकेका छन् ।
वि.सं. २०४६ भाद्र ४ गते पिता चन्द्रकान्त अधिकारी र माता दुर्गा अधिकारीको कोखबाट जन्म लिएका सिडीले व्यवसायरुपमानै हाल संगीतमै क्रियाशिल छन् । पोखरामा छँदा उनले त्रिबेणी संगीतालय न्युरोडमा रहेर संगीत शिक्षा लिएका थिए ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.