www.tandavnews.com
Fact ~ In search of truth

साताको राशिफल : राशि अनुसार आफ्नो भाग्य हेर्नुहोस्

मेष

सुरुमा आयआर्जन राम्रो हुनेछ । व्यापारमा लाभांश बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागि हुनेछ । सहयोगीहरू फेला पर्नेछन् । आम्दानी बढ्नाले सोख पूरा गर्न सकिनेछ । शुक्रवारपछि फजुल खर्चका बीच कामको बोझ बढ्न सक्छ । आफन्तहरू पनि टाढा हुनेछन् । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । तापनि शनिबारपछि स्थितिमा सुधार आउनाले विभिन्न अवसर प्राप्त हुनेछन् । सहयोगीहरूले साथ दिनेछन् । मिहिनेतले प्रतिष्ठा दिलाउनेछ । आँटले काम बन्नेछ भने साथ दिनेहरू पनि प्रशस्तै फेला पर्नेछन् ।

वृष

Batas

प्रारम्भमा तारिफयोग्य काम गरेर अवसर हात पार्ने समय छ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । मिहिनेत गर्दा राम्रै अवसर पाइनेछ । मित्रहरूको सहयोगले हौसला प्रदान गर्नेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । पहिलेको उपलब्धिले उत्साह जगाउनेछ । तर बुधवारदेखि परिस्थिति केही असहज बन्न सक्छ । लाभांशको आधा हिस्सा खर्च गर्नुपर्ला । चिताएको काम रोकिने सम्भावना छ । सप्ताहान्तमा परिस्थिति अनुकूल हुनाले उत्साह जाग्नेछ ।

मिथुन

प्रारम्भमा स्वास्थ्यमा कमजोरी र व्यावहारिक कठिनाइ देखा पर्नाले काममा बाधा पुग्न सक्छ । तापनि मिहिनेतले उपलब्धि दिलाउनेछ । फाइदा उठाउन गोपनीयतामा ध्यान दिनुपर्नेछ । शुक्रवारपछि जिम्मेवारी बढ्नेछ भने नोकरी प्राप्त हुन सक्छ । विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ । परिश्रमअनुसार राम्रै फल पाइनेछ । खर्च लागे पनि दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर छ । लगनशीलताले प्रसिद्धि पनि बढ्नेछ । सप्ताहान्तमा फजुल खर्च बढ्नेछ भने मनको डरले सताउन सक्छ । ईष्या गर्नेहरूबाट सजग रहनुपर्ला ।

कर्कट

प्रारम्भमा अप्ठ्यारो परिस्थितिलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ला । विवादास्पद काममा जुट्नुपर्दा मन खिन्न रहनेछ । परिबन्धले केही झमेला निम्त्याउन सक्छ । स्वास्थ्य कमजोर रहनाले समयमा चिताएको काम गर्न नसकिएला । तापनि मिहिनेत गर्दा सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। समस्या दर्साउँदा सहयोगीहरू जुट्नेछन् । साताको उत्तरार्द्धमा काम बनाउन सकिनेछ । समुदायको हक हितको संरक्षण हुने काम गर्न सकिनेछ । पुराना साथीभाइसँग भेटघाट हुन सक्छ । मिहिनेतले कीर्ति राख्ने अवसर प्रदान गर्नेछ ।

सिंह

सुरुमा विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि सकारात्मक परिणामले उत्साह जगाउनेछ । व्यावसायिक काममा राम्रो फाइदा हुनेछ । प्रियजनसँगको मतभेदले रमाइलो परिस्थितिलाई खलबल्याउन सक्छ । शुक्रवारपछि स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । बलजफ्तीले काम बिग्रन सक्छ । अर्थ अभावले पनि सताउने देखिन्छ । अरूका लागि आफ्नो महत्त्वपूर्ण समय खर्चनुपर्ला । बुधवारपछि टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । प्रतिस्पर्धीहरूले सम्झौताको ढोका खोल्नेछन्।

कन्या

पुरुषार्थले अवसर दिलाउनेछ भने प्रतिस्पर्धीहरू पछि पर्नेछन् । चिताएका काम बन्नाले आम्दानी बढ्नेछ । समय लागे पनि मनग्गे फाइदा उठाउन सकिनेछ । जुझारू क्रियाकलापले धेरैलाई क्रियाशील बनाउन सकिनेछ । नयाँ काम प्रारम्भ हुनेछ । रमाइलो यात्राका बीच महत्त्वपूर्ण भेटघाट हुने सम्भावना छ । प्रेम र मित्रताको बन्धन कसिनेछ । बुधवारदेखि स्वास्थ्य कमजोर रहनेछ भने आकस्मिक खर्च बढ्न सक्छ । काम बिग्रने भयले पनि सताउनेछ । सप्ताहान्तमा स्थिति अनुकूल बन्नाले रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ ।

तुला

प्रारम्भमा अवसरभन्दा ठूलो चुनौती देखापर्न सक्छ । खानपानको अनिमियतताले स्वास्थ्य कमजोर रहनेछ । अध्ययनमा पनि समय दिन नसकिएला । शुक्रवारपछि स्थितिमा सुधार आउनेछ भने पहिलेदेखि रोकिएको काम पनि बन्नेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । व्यापारमा फाइदा हुनुका साथै मनग्गे धनलाभ हुनेछ । केही खर्च लागे पनि व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ । नयाँ मित्रहरू फेला पर्नेछन् भने प्रेमको बन्धन पनि कसिलो हुनेछ । सप्ताहान्तमा अर्थअभाव, स्वास्थ्यबाधा र काम बिग्रने सम्भावना देखिन्छ ।

वृश्चिक

आफन्तहरू नजिकिए पनि परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने समय छ । काम बिग्रने भयले सताउन सक्छ । शुभचिन्तकहरूको सुझावलाई मनन गर्नुहोला । सद्विचारले प्रेरित हुनेहरूलाई परिस्थिति अनुकूलै रहनेछ । अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ । व्यावसायिक काममा भने मिहिनेतले उपलब्धि दिलाउनेछ । बिस्तारै नयाँ जिम्मेवारी प्राप्त हुनेछ । आँट गर्दा बुधवारपछि काम सम्पादन हुनेछ । व्यवसायका सन्दर्भमा रमाइलो यात्राको अवसर आउन सक्छ । रमाइलो यात्राका बीच मानसम्मान पनि पाइनेछ ।

धनु

विशेष अवसर प्राप्त हुनाले ठूलै काम आँट्न सकिनेछ । दिगो फाइदा हुने काम शुभारम्भ हुन सक्छ। पुरुषार्थ देखाएर दाम समाउने अवसर प्राप्त हुनेछ । शुक्रवारपछि पारिवारिक समस्याले सताउन सक्छ। काममा अवसरवादीहरूबाट सजग रहनुपर्ला । शुभचिन्तकहरू टाढा हुनाले दुःख पाइनेछ । अध्ययन र स्वास्थ्यको चिन्ताले सताउन सक्छ । केही काम रोकिए पनि व्यापार र उद्योगमा फाइदा हुनेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ ।

मकर

आर्थिक रूपमा मनग्गे फाइदा हुनेछ । जुझारू कार्यशैलीले विशेष अवसर दिलाउनेछ भने पुरुषार्थ देखाएरै लाभ हातपार्न सकिनेछ । सहयोगीहरूले साथ दिनेछन् । तर बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ । बिनाकारण आफन्तजन टाढा हुनेछन् भने प्रतिस्पर्धा गर्नेहरूले काममा अवरोध पु¥र्याउन सक्छन् । साझेदारीमा अलि सजग रहनुपर्ला । सप्ताहान्तमा प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । अध्ययनमा सहपाठीहरूलाई पछि पार्दै लक्ष्य हासिल गर्न सकिनेछ ।

कुम्भ

विभिन्न अवसरका साथै शुभचिन्तकहरूको सहयोग जुट्नाले चिताएको काम सम्पादन हुनेछ । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ । लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्नेछ । साथीभाइको सहयोगले प्रतिस्पर्धीहरूलाई वशमा ल्याउन सकिनेछ । प्रभावशाली व्यक्तिलाई समेत प्रतिस्पर्धामा उछिन्न सकिनेछ । दिगो फाइदा हुने काम प्राप्त हुनेछ । बुद्धिको उपयोगले सजिलै लक्ष्यमा पुगिनेछ । रमाइला क्षणको सहयात्री बन्न सकिनेछ । पहिले दिएको वचन पूरा गर्न नसक्दा सप्ताहान्तमा भने आलोचकहरू देखापर्नेछन् ।

मीन

प्रारम्भमा केही खर्चिलो काममा लगानी गर्नुपर्ला । तत्कालै फाइदा नहुने काममा जुट्नुपर्ने हुन सक्छ। आर्थिक अभावले पनि सताउने देखिन्छ । शुक्रवारदेखि स्थिति अनुकूल हुनुका साथै पहिलेको अवस्थामा सुधार आउनेछ । आफ्नो समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । लगनशीलताले दाम, नाम र इनाम दिलाउन सक्छ । अभिव्यक्ति कलामा निखारता आउनेछ भने प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । पुराना साथीभाइसँग भेटघाट गर्ने मौका जुट्नेछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.