www.tandavnews.com
Fact ~ In search of truth

कोरोना निको भएका धादिङका युवालाई स्वागत

धादिङ ।

कोरोना भाइरसको उपचारपछि निको भएर घर फर्केका युवालाई भव्य स्वागत गरिएको छ । कोरोनाको उपचारपछि धादिङबेँसी फर्केका युवालाई जिल्ला अस्पताल धादिङमा फूलमाला र खादा लगाएर स्वागत गरिएको हो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट वैशाख ११ गते डिस्चार्ज गरिएका धादिङको नेत्रावती डबजोङ गाउँपालिका–२ का ३२ वर्षीय उरबहादुर तामाङलाई धादिङ अस्पतालका अध्यक्ष महेन्द्र धमलाले धादिङबेँसी पुर्याएका हुन् । धादिङबेँसी पुगेपछि उनलाई सुरक्षित स्थानमा राखिएको छ ।

Batas

युएइबाट गत चैत ६ गते नेपाल आएका तामाङ चैत १० गते कोरोनाको लक्षण देखिएपछि आइसोलेसनमा भर्ना भएका थिए। जिल्लाको नागरिकले कोरोनाको उपचारपछि जिल्लामा स्वागत गर्न पाउँदा खुशीसँगै उनलाई स्वागत गरेको जिल्ला अस्पतालका अध्यक्ष धमलाले बताए ।

घर फर्किएका तामाङले सुरुमा आफूलाई मर्छुजस्तो लागेको भए पनि अस्पतालका कर्मचारी, चिकित्सक र नर्सहरुको व्यवहारले आफू छिटो निको भएको बताएका छन् । उपचारपछि धादिङ फर्केका तामाङले स्वास्थ्यकर्मीको हौसाला र आत्मबल बलियो भएमा कोरोना सजिलै निको हुने बताए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.