काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय एक दिवसीय शृङ्खला जितेकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले बधाई दिएका छन् ।
आज बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नेपाली टोलीले प्राप्त गरेको सफलताले खेल जगतमा नेपाल उदीयमान शक्तिका रूपमा देखिएको उल्लेख गरेका छन । प्रधानमन्त्री ओलीले खेलकुद क्षेत्रको विकासका लागि सरकारले थप ध्यान दिनेमा प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

बधाई सन्देशमा प्रधानमन्त्रीले भनेका छन– “एक दिवसीय क्रिकेट शृङ्खला जित्दै नेपाललाई गौरवशाली सफलता दिलाएकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई । अन्तर्राष्ट्रिय क्रिकेटमा प्राप्त यस सफलताले विश्व खेल जगतमा नेपाल उदीयमान शक्तिको रूपमा देखिएको छ, खेलकुद क्षेत्रको विकासका लागि सरकारले थप ध्यान दिने विश्वास दिलाउँछु ।”
नेपालले सोमबार यूएईमा जारी तीन खेलको शृङ्खला २–१ ले जित्दै ऐतिहासिक सफलता प्राप्त गरेको थियो । रासस
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.