www.tandavnews.com
Fact ~ In search of truth

‘गरिमा रेमिट’का लागी गरिमा र फरवार्डबीच सम्झौता

पोखरा ।

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले गरिमा रेमिट सेवा सञ्चालन गर्ने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड बीच सम्झौता सम्पन्न भएको छ ।

हिजो(बिहीबार) गरिमा विकास बैंक लिमिटेडको तर्फबाट विकास बैंकका धरान क्लष्टर प्रमुख मीन प्रसाद सुवेदी र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आश नारायण चौधरीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता पश्चात हाल देशभर सञ्चालनमा रहेका फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका ११९ वटा शाखा कार्यालयबाट गरिमा रेमिट मार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिनेछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.