www.tandavnews.com
Fact ~ In search of truth

टर्कीमा नेपाल प्रर्वद्धन

काठमाडौँ ।

नेपाली पर्यटकीय गन्तव्यबारे टर्कीमा प्रर्वद्धन गरिएको छ । पूर्वी भूमध्य अन्तर्राष्ट्रिय पर्यटन र यात्रा मेला (इएमआइटीटी)को २३औँ संस्करणमा नेपालले टर्कीका दर्शकलाई विभिन्न पर्यटकीय गन्तव्य र उत्पादनको प्रदर्शनी गरी जानकारी गराएको हो ।

यही ३१ जनवरीदेखि ३ फेब्रुअरीसम्म टर्कीको राजधानी इस्तानबुलमा सम्पन्न उक्त मेलामा नेपालको सहभागिता पर्यटन व्यवसाय नेटवर्किङका हिसाबले फलदायी भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । मेलामा नेपालले इएमआइटीटी २०१९ को सबैभन्दा सहयोगी स्टैंडको पुरस्कार पनि हात पारेको छ । टर्कीको बढ्दो आउटबाउन्ड र राम्रो हवाई सञ्जालका कारण हालैका वर्षमा धेरै एशियाली देशका लागि राम्रो स्रोत बजारको रुपमा स्थापित भएको छ । नेपाल पनि यीमध्ये एक हो ।

बोर्डले टर्कीमा नेपाल प्रवद्र्धनका लागि केही वर्षदेखि निरन्तर रूपमा इएमआइटीटीमा सहभागिता जनाउँदै आएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाल भ्रमण वर्ष २०२० को पुर्वसन्ध्यामा राम्रो बजारीकरण रणनीतिका साथ यसको उपस्थिति विस्तार गर्न र नयाँ स्रोत बजारको खोजी भइरहेको बताए । इएमआइटीटीमा बोर्डले गन्तव्य मार्केटिङ कार्यशाला र बीटुबी सञ्जाल सत्रमा उपस्थिति जनाएको थियो ।

अन्तर्राष्ट्रिय अपरेटरको गन्तव्यसूचीमा नेपाललाई राख्न बोर्डका पदाधिकारीले अनुरोध गरेका थिए । नेपालको कक्षले ५०० भन्दा बढी ट्रेड भिजिटर प्राप्त गरेको थियो भने १० हजारभन्दा बढीले ती कक्षको अवलोकन गरेका थिए । इस्तानबुल र काठमाडौँबीचको सिधा हवाई सम्पर्कले टर्कीस पर्यटकको आगमन बढ्दै गएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.