www.tandavnews.com
Fact ~ In search of truth

राप्रपाको राष्ट्रिय स्वाभिमान यात्रा फागुन १५ देखि

पोखरा ,
ताण्डव न्यूज ।

कमल थापा नेतृत्वको राप्रपाले मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा थाल्ने तयारी गरेको छ ।

फागुन १५ देखि ताप्लेजुङबाट शुरु हुने यात्रा ३० गतेसम्म जारी रहने जनाइएको छ । यात्राको पार्टी अध्यक्ष थापाले औपचारिक उद्घाटन गर्ने कार्यक्रम राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

Batas

ताप्लेजुङबाट शुरु हुने यात्रा पाँचथर, इलाम, झापा सहित तराईका २२ जिल्ला र देशका विभिन्न भाग हुँदै सुदुर पश्चिमको कञ्चनपुर पुग्ने यात्रा कञ्चनपुरबाट फर्केर बुटवलबाट पाल्पा, स्याङ्जा, कास्की हुँदै फागुन २९ गते उपत्यका प्रवेश गर्ने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । फागुन ३० गते सभा गर्दै यात्रा सम्पन्न हुनेछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.