www.tandavnews.com
Fact ~ In search of truth

ओलीको चेतावनी :राजनीतिको खोल ओड्ने आतङ्ककारी उम्किन सक्दैन

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न बहानामा अपराधको राजनीतीकरण भएको उल्लेख गर्दै बम पड्काउने, मान्छे मार्ने, अपराध गर्ने र जनताको नाममा लुटपाट मच्चाउने प्रयास गर्ने र आतङ्ककारी क्रियाकलापमा राजनीतिको खोल बनाउनेहरु उम्किन नसक्ने चेतावनी दिए ।

प्रहरी निरीक्षक आधारभूत तालीमको १ सय ७८ औँ समूहको दीक्षान्त समारोहलाई आज काठमाण्डौँमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।देशको समृद्धि र सुशासनका लागि प्रहरीको समेत महत्वपूर्ण भूमिका हुने बताउँदै प्रधानमन्त्री ओलीले दीक्षित प्रहरी निरीक्षकलाई अनुशासनमा बस्न र मातहतकालाई अनुशासनमा राख्न आग्रह गरे ।

Batas

सानालाई दलाउने र माथिकाको दलाली गर्ने काम बन्द गर्न उनले सुझाव दिए । प्रहरी दलालीका लागि होइन स्वाभिमानपूर्ण कर्तव्यपरायण देखाएर सेवा गर्नका लागि हो भन्दै उनले बढुवा हुनका लागि कसैलाई रिझाउनु र कसैकामा धाउनु नपर्ने बताए ।“प्रहरी सङ्गठनका जिम्मेवार अधिकारीलाई म भन्न चाहन्छु, कार्यसम्पादनका मूल्याङ्कन वा बढुवाका लागि न्यायोचित प्रणाली स्थापना गर्नुहोस्, कुनै पनि तरिकाको पक्षपात, भेदभाव, कोसेली, चाकडीको पक्षमा सरकार छैन ।”

रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.