www.tandavnews.com
Fact ~ In search of truth

देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

पोखरा ,
ताण्डव न्यूज ।

आज शुक्रबार देशभरका सबै अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द रहेको छ ।

स्थानीय तह मातहतमा रहने गरी आएको निजामती कर्मचारी ऐन सच्याउन माग गर्दै आन्दोलनरत सरकारी चिकित्सकहरुले आज आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका हुन् । सरकारलाई दबाब दिदैँ सरकारी चिकित्सहरुले देशभरका सबै अस्पतालहरुको आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका हुन् । चिकित्सकहरुले स्थानीय मातहत रहने तथा आफुहरुको वृत्तिविकास नहुने गरि सरकारले ऐन ल्याएको र सो ऐन सच्याउन माग गरेका छन् ।

Batas

सरकारी चिकित्सकहरूले आफूहरूको माग सम्बोधन गर्न सरकारलाई दबाब दिन विगत १ महिनायता विरोध प्रदर्शन र धर्नासहितको कार्यक्रम गर्दै आएका थिए ।चिकित्सकको आन्दोलनले देशैभरका स्वास्थ्य सेवाग्राही र बिरामी मारमा परेका छन् ।

फाइल तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.