www.tandavnews.com
Fact ~ In search of truth

स्थानीयवासीलाई लगानीमा प्राथमिकता

गलेश्वर ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधीन अवस्थामा रहेको २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनामा स्थानीयवासीलाई लगानीमा पहिलो प्राथमिकता दिइने भएको छ ।

धौलागिरि कालिका हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको आयोजनामा स्थानीयवासीलाई नै लगानीको अवसर दिइने हाइड्रोका अध्यक्ष विनोद कुँवरले बताए । जलविद्युत् आयोजनाको पावरहाउस र कर्मचारी आवासगृहको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले उद्घाटन गरेका छन् । कूल पाँच अर्ब १४ करोड लागतमा निर्माण हुन लागेको जलविद्युत् आयोजनामा संस्थागत पूँजीको ३० प्रतिशत सर्वसाधारणलाई शेयर जारी गरिने अध्यक्ष कुँवरले बताए ।

Batas

आयोजनामा सानीमा बैंकको नेतृत्वमा प्रभु बैंक, कुमारी बैंक, सेञ्चुरी बैंक, मुक्तिनाथ विकास बैंक र महालक्ष्मी विकास बैंकले तीन अर्ब ५० करोड ऋण लगानी गर्ने एकवर्ष अगाडि नै सम्झौता भइसकेको छ । आयोजामा दक्षिण कोरिया, हङकङ, युकेलगायत विश्वका विभिन्न देशका साथै काठमाडौँमा बसोवास गर्ने म्याग्दीका बासिन्दा, म्याग्दी इन्भेष्टमेन्ट कम्पनी र ग्लोबल फ्रेण्डसिप क्यापिटल लिमिटेड मुख्य प्रर्वद्धक रहेका छन् ।

विद्यत् खरीद सम्झौता (पिपिए) मा नेपाल विद्युत् प्राधिकरणले प्रर्वद्धकसँग वर्षातको आठ महीनाप्रति युनिट चार रुपैयाँ ८० पैसा र सुख्खायामका चार महीनाप्रति युनिट आठ रुपैयाँ ४० पैसामा खरिद गर्ने उल्लेख गरिएको छ । आयोजनाबाट उत्पादित विद्युत् १४ किलोमिटर लामो १३२ केभि ट्रान्समिटर लाइन हुँदै डाँडाखेत सवस्टेसनमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ । योजना आगामी २०७९ सालसम्म निर्माण सम्पन्न गरिने अध्यक्ष कुवँरले बताए ।

रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.