पोखरा ।
पोखरेली गायिकाहरुको साझा संस्था हार्मोनी द मोर्डन सङ्स स्ट्रेसेसको कार्यसमिति इतु जोजिजूको अध्यक्षतामा पुनर्गठन गरिएको छ ।
पोखरामा सम्पन्न पहिलो साधारण सभाले उपाध्यक्षमा कौशल्या गुरुङ, सचिवमा बबी सुनार, कोषाध्यक्षमा मितु पाल सिंह, सहसचिवमा लक्ष्मी गिरी र सहकोषाध्यक्षमा शीतल थापा चयन भएकी छिन् । यस्तै सदस्यहरुमा रजनी राई, अजुदा थापा, प्राप्ती तुलाचन, इनिशा दुरा, सविना सुनाम, सानु जोजिजू, एलिना गुरुङ, मनिषा राना, स्नेहा गुरुङ, देवी गुरुङ र रुपा थापा चयन भएकी छिन् ।

यस्तै, संस्थाको कार्यसमितिको बैठकले मेनकाजी गुरुङ, मनकुमार श्रेष्ठ, रामभक्त जोजजू, प्रेमबहादुर थापा, हुकुमराज थापा, सरस्वती प्रतीक्षा, अनुराग अधिकारी, विमला भण्डारी, सरस्वती गुरुङ, देव क्षेत्री, कञ्चन थापा, तीर्थ श्रेष्ठ, सविता शेरचन, शेरबहादुर गुरुङ, लीला शेरचन, विनोद भुजेल र रुद्रकुमारी गुरुङ (मैना)लाई सल्लाहकार चयन गरिएको छ ।
यसै बीच, आगामी असारमा संस्थाले तारादेवी–अरुणा लामा साँझ कार्यक्रम गर्ने निर्णयसमेत भएको अध्यक्ष इतु जोजिजूले जानकारी दिइन् ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.