www.tandavnews.com
Fact ~ In search of truth

चैत २२ मा पोखरामा प्रमोद

पोखरा,
ताण्डव न्यूज ।
‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा’ जस्ता कयौं सर्वाधिक हिट गीत पस्केका गायक प्रमोद खरेल एउटा फरक कार्यक्रम सहित पोखरेली दर्शकमाझ प्रस्तुत हुँदैछन् । एभिन्यु गु्रप अफ कमर्सले ‘पोखरामा प्रमोद खरेल’ शीर्षक दिएर खरेललाई पोखरा ल्याउन लागेको हो ।

पोखरा सभागृहमा चैत २२ गते साँझ ४ बजेदेखि हुने विशेष कार्यक्रममा गायक खरेलसँगै गायिका मिना निरौंला, हास्यब्यंगकार मनोज गजुरेल र अभिनेत्री केकी अधिकारीको विशेष प्रस्तुति रहनेछ । गायक खरेलले कार्यक्रममा आफ्ना ३० भन्दा बढि चर्चित गीतहरु गाउनेछन् ।

आयोजक एभिन्यु ग्रुपका कार्यकारी निर्देशक प्रदिप अधिकारीले पोखरा खरेललाई उपस्थित गराउन पाउँदा निकै खुशी लागेको बताए । गायक खरेल दर्शक र स्रोतामाझ प्रस्तुत हुन लागेको पोखरामा यो पहिलो पटक हो ।
इभेन्टलाई बार्दली मिडिया प्रालिले व्यवस्थापनको जिम्मा लिएको छ । पोखरामा प्रमोदको क्रेज भएको हुनाले कार्यक्रम गर्न लागेको प्रालिका प्रबन्ध निर्देशक मन क्षेत्रीले बताए । उनका अनुसार इभेन्टका लागि २५ लाख रुपैयाँ खर्च हुनेछ ।

कार्यक्रम हेर्नको लागि २ सय देखि ५ सय रुपैयाँको टिकट राखिएको क्षेत्रीले बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.