www.tandavnews.com
Fact ~ In search of truth

दीपक मनाङेसँग ‘स्कुल लाइफ’का कुरा…

– राजिव गुरुङ (दीपक मनाङे), प्रदेश सांसद (गण्डकी )

ठ्याक्कै कति वर्षमा स्कुल भर्ना भएँ भन्ने हेक्का छैन । मैले मेरो बाल्यकाल सिक्किममा बिताएको हुँदा मैले आफ्नो स्कुले जीवन पनि उतै बिताएँ । मैले सिक्किमकै एनपिएच स्कुलमा पढेको हुँ । म त्यहाँ सानी आमाहरुसँग बस्थेँ । हाम्रो परिवार त्यहाँका हाइप्रोफाइलको थियो । सिक्किममा सरकारका सात वटा सचिव हुन्छन् त्योमध्ये ५ वटा हाम्रै परिवार भित्रको थियो । त्यही भएर पनि मैले राम्रो विद्यालयमा पढ्न पाएँ । हुन त यहाँको जस्तो सरकारी विद्यालय र प्राइभेट विद्यालयको शिक्षामा जसरी भिन्नता हुन्छ त्यहाँ हुँदैन ।

पढ्नका लागि साह्रै दुःख खेप्नै परेन । विद्यालयमा पढाइको क्षेत्रमा म मध्यम खालको विद्यार्थी थिएँ । तर, स्पोटर्समा त मलाइ भेट्ने कमै हुन्थे । एक सय मिटरको रिले दौड हुन्छ नि त्यसमा त मैले कसैलाई मौका नै दिन्नथेँ । फुटलबलमा पनि उत्तिकै राम्रो थिएँ । बक्सिङमा उत्तिकै तगडा थिएँ ।

Batas

विद्यालयमा बदमास काम कहिल्यै गरिन । किनभने बदमास गर्ने बित्तिकै सर्टिफिकेटमा गुरुहरुले रातो अक्षरले लेखिदिन्थे अनि त्यो विद्यार्थीले सिक्किमसँगै इण्डियाको कुनै पनि विद्यालयमा पढ्नै पाउँदैनथ्यो । त्यही भएर पनि स्कुलमा बदमासी भएन । यहाँको जस्तो गुरु नै राजनीति गर्ने, विद्यार्थीले क्रान्तिकारी, अखिल, नेविसंघ भन्ने केहीको झण्डा बोक्न पाइँदैनथ्यो ।

म १० कक्षाको पढाइ सकेर नेपाल आएको हुँ । त्यो बेला उता स्कुल पढेकोलाई नेपालले मान्यता नदिने भएपछि त्योभन्दा अगाडि मेरो पढाइ गएन । तर, मलाई त्यही बेला जब काठमाडौँ आएँ उता जानै मन लागेन । स्कुल पढ्दा साथीहरुसँग घुम्न निस्कन, टुर्नामेन्टहरुमा गु्रम बनाएर भिड्न अनि त्यसपछि जितको खुसीयाली साट्नुको मजा अरुमा कहाँ पाइन्छ र ?

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.