www.tandavnews.com
Fact ~ In search of truth

करोड क्लबमा ‘लालुमै’

पोखरा,
ताण्डव न्यूज ।
वर्ष २०७५ नेपाली लोकदोहोरी क्षेत्रको लागि सुखद रह्यो । मौलिकपनका गीतहरु थुप्रै आए । लाखौं दर्शकको नजरमा पुगेका नेपाली गीतसंगीतले हजारौं दर्शक पायो । लोकदोहोरी गीत पनि करोडौं क्लबमा पुग्न सफल भए । यही भीडमा ढेड महिना अघि बजारमा आएको ‘लालुमै’ गीत पनि करोड क्लबमा प्रवेश गर्न सफल भएको छ ।

बिष्णु माझी र सन्दिप न्यौपानेले आवाज दिएका गीतमा चर्चित सर्जक शिव हमालले लय तथा शब्द सिर्जना गरेका छन् । गीतमा सन्दिप न्यौपाने र श्रृष्टी खड्काको अभिनय रहेको छ । प्रकाश भट्टले निर्देशन गरेको भिडियोलाई राजेश घिमिरेले खिचेका हुन् । गीतको भिडियोलाई सर्जक शिव हमालको अफिसियल युटुब च्यानलबाट फेब्रअरी १३ तारिखमा सार्वजानिक गरिएको थियो ।

गीत करोड क्लबमा पुगेपछि सर्जक हमालले सामाजिक सञ्जालबाट खुशी बाडेका छन् । ‘वास्तवमा सुन्नेदेखि करोड सम्मको यात्रा अकल्पनीय थियो तर जब मेरो दर्शक, स्रोता, साथीसंगीको, माया सञ्चारकर्मी पत्रकारहरु इस्टिमित्रको माया साथ र सरास्वती माता को आशीर्वाद प्राप्त भएपछि असम्भब केही नहुँदो रैछ । यसैगरी सधै भरी इमान्दारीसाथ यो क्षेत्रम क्रियशिल हुन पाइराखौँ ‘जय लालुमै ।’ मेरो सम्पूर्ण टिमलाई बधाई बाड्न चाहान्छु । अब को मेरो अर्को सपना ‘सांइलो ’ उनले लेखेका छन् ।

Batas

त्यस्तै गायक सन्दिप न्यौपानेले पनि लेखेका छन्, ‘हामी सबैको लालुमै सबैको साथ र सहयोगले करोड दर्शकको नजरमा परेको छ । सबै सबैलाइ धन्यवाद छ, अझै माया सबैको रहिरहोस माया गर्ने मायालु मनहरुलाइ सलुट छ ।’गीतको भिडियो निर्देशक प्रकाश भट्टले पनि सामाजिक सञ्जाल मार्फत आफ्नो साँगीतिक यात्राको १७ वर्ष पुगेपनि खुशी अहिले मिलेको बताएका छन् ।

यसअघि ‘उहि खोलीमा पानी, सालको पातको टपरी, बोलमाया’ गीत करोड क्लबमा पुगेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.