www.tandavnews.com
Fact ~ In search of truth

उपराष्ट्रपति पुन साताव्यापी भ्रमणका लागी अस्ट्रिया प्रस्थान

पोखरा,
ताण्डव न्यूज ।

उपराष्ट्रपति नन्दबहादुर पुन साताव्यापी विदेश भ्रमणको लागि निस्केका छन् ।

उपराष्ट्रपति पुन युरोपेली मुलुक अस्ट्रियाको लागी आज त्यसतर्फ प्रस्थान गरेका हुन् । अस्ट्रियाका राष्ट्रपति अलेक्जेण्टर भान द बेलेनको निमन्त्रणामा पुन भ्रमणका लागि गएका हुन् ।

Batas

भ्रमण टोलीमा उनकी धर्मपत्नी हस्तमाली पुन, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलगायत सहभागी रहेका छन् ।

यहि जेठ १४ गते भियनामा हुन लागेको जलवायुसम्बन्धी आर–ट्ेन्टी विश्व शिखर सम्मेलनमा सहभागी हुन उनी अस्ट्रिया गएका हुन् ।

भ्रमणका क्रममा अस्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको जनाइएको छ । उपराष्ट्रपति पुन भियना अन्तर्राष्ट्रिय केन्द्रको अवसरमा आयोजना हुने कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम रहेको छ ।

अस्ट्रियामा रहँदा उपराष्ट्रपति पुन त्यहाँ रहेको नेपाली राजदूतावासले आयोजना गर्ने अन्तर्राष्ट्रिय सगरमाथा दिवसको कार्यक्रममा समेत सहभागी हुनेछन् । उनी जेठ १८ गते स्वदेश फर्कने कार्यक्रम छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.