www.tandavnews.com
Fact ~ In search of truth

गणतन्त्र दिवस :राजतन्त्र अन्त्य भएको ११ वर्ष पूरा

पोखरा,
ताण्डव न्यूज ।
आज १२ औँ गणतन्त्र दिवस । मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको अवसरमा आज देशैभर विविध कार्यक्रम गरि गणतन्त्र दिवस मनाईदैछ ।

२०६२/६३ को मा भएको जनआन्दोलनले राजतन्त्रको अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना गरेको थियो । २०६४ सालको चैतमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।

२ सय ३८ वर्ष लामो राजतन्त्र अन्त्यको घोषणा भएको यस दिनलाई ११ वर्षदेखि गणतन्त्र दिवसका रुपमा मनाउँदै आइएको छ । गणतन्त्र दिवसको दिन दिदै आएको सार्वजनिक विदा यस वर्ष भने सरकारले कटौती गरेको छ ।

Batas

दिवसको अवसरमा गण्डकी प्रदेश सरकारले हिजै देखि विविध सरसफाई कार्यक्रम, वृक्षारोपण कार्यक्रम गरेको छ भने आज पनि विशेष कार्यक्रम गर्ने जनाएको छ । दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा लगायतका शिर्ष नेताले सम्पुर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.