www.tandavnews.com
Fact ~ In search of truth

‘खेलकूद क्षेत्रलाई पर्याप्त बजेट छुट्याउन सकिएन’

चितवन ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले बजेटमा खेलकूद क्षेत्रलाई पर्याप्त रकम छुट्याउन नसकिएको बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले मन्त्रालयले रु १५ अर्ब बजेट माग गरेको भए पनि रु तीन अर्ब ९९ करोड पाएको बताए।

स्रोत साधनको सीमाका कारण खेलकूद क्षेत्रमा जति बजेट विनियोजन हुनुपर्ने थियो त्यो हुन नसकेको उल्लेख गर्दै उनले खेलकूद क्षेत्रले अपेक्षा गरे अनुसारको बजेट विनियोजन नभएको जानकारी गराए । खेलकूद क्षेत्रमा देखिएका समस्या र चुनौतीलाई बजेट कार्यक्रमका हिसाबले र नीतिगत हिसाबले मार्गदर्शन गरेको उनको भनाइ थियो ।

Batas

बजेट कम रहे पनि खेल क्षेत्रलाई प्राथमिकतामा नपारेको भन्ने कुरा यथार्थ नभएको उनले बताउनुभयो । उनले राष्ट्रिय लक्ष्य प्राप्तिका लागि सरकार योजनाबद्ध ढङ्गले अघि बढेको उल्लेख गरे । उनले भने, “खेल क्षेत्रले समृद्धि प्राप्त नगरेसम्म समृद्ध नेपाल बन्न सक्दैन, यसका लागि सरकार सातै प्रदेशमा सुविधा सम्पन्न रङ्गशाला निर्माणको काममा लागेको छ ।”

खेलकूद क्षेत्रमा देखिएको विवाद अन्त्य गर्दै अघि बढ्न सरकार लागि परेको उनले जानकारी दिए । सबै पक्ष एकताबद्ध भएर अघि बढ्न नसकेको खण्डमा खेल क्षेत्रको विकास सम्भव नभएकाले उनले आफूले जिम्मेवारी सम्हालेपछि सबै पक्षलाई एकताबद्ध हुन आह्वान गरेको बताए ।(रासस)

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.