पोखरा,
ताण्डव न्यूज ।
समाजवादी पार्टी नेपाल सरकारबाट अलग्गिने भएको छ । पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँगको एकतासँगै समाजवादी पार्टीले अलग्गिने सोच बनाएको जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुदाँ गरेको माग अझै पुरै नभएपछि समाजवादी पार्टी सरकारबाट अलग हुन खोजे हो ।
उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम नेपालले २०७५ जेठ १४ गते सरकारमा सहभागी हुदाँ सहमति गरी सहभागी भएको थियो ।
तर गरिएको सहमतिअनुसार संविधान संशोधनमा भएको ढिलाइप्रति पार्टीभित्र असन्तुष्टि बढेको जनाइएको छ । पार्टीभित्र सरकारबाट अलग्गिएर माग सम्बोधनका लागि सडक र सदनबाट संघर्ष गर्नुपर्ने आवाज उठिरहेकोे छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.