www.tandavnews.com
Fact ~ In search of truth

सांसदको प्रश्न:कुमार पौडेलको हत्या कि ‘इन्काउण्टर’

काठमाडौं। 

सांसद मीनबहादुर विश्वकर्माले ढुवानीमा मूल्यअभिवृद्धि कर लगाउँदा समस्या भएकाले उक्त कर खारेज गर्न माग गरे ।

सांसद मीना सुब्बाले केही सातायता काठमाडौँमा सिरिञ्ज आक्रमणका घटना बढेकाले यसलाई नियन्त्रण गर्न र सर्वसाधारणलाई यसको त्रासबाट बचाउन सरकारको ध्यानाकर्षण गराए।

सांसद मैनाकुमारी भण्डारीले स्वास्थ्य बीमा गरेका ठूला रोग लागेका बिरामी काठमाडौँ आउनैपर्ने बाध्यता भएकामा तिनलाई वीर अस्पताल र महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको व्यवस्था गराउन माग गरे ।

सांसद यज्ञबहादुर बोगटीले अछाममा विप्लव समूहका कार्यकर्ताले एक निजी घरमा आगजनी गरेको घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदै पर्याप्त सुरक्षाको व्यवस्था गर्न माग गरे ।सांसद यज्ञराज सुनुवारले शिक्षा क्षेत्रलाई सरकारले प्राथमिकतामा राखे पनि सङ्घीय ऐन समयमै नआएसम्म सरकारको उद्देश्य पूरा नहुने धारणा व्यक्त गरे ।

सांसद रङ्गमती शाहीले सशस्त्र द्वन्द्वका पीडित महिलालाई समाजमा सम्मानजनक बाँच्न पाउने र उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।सांसद राजबहादुर बुढाथोकीले दैलेखमा असिनाले बालीनालीमा भएको क्षतिपूर्तिका लागि सरकारकारको ध्यानाकर्षण गराए ।

सांसद रामकुमारी झाँक्रीले राज्यका तर्फबाट विभिन्न घटनामा दिइने क्षतिपूर्तिका सम्बन्धमा आवश्यक मापदण्डको अभावमा पहुँच हुनेले दोहोरो सुविधा लिने गरेका छन् भने ।सांसद रामेश्वरराय यादव र रामबहादुर विष्टले सर्लाहीमा मारिएका विप्लवका कार्यकर्ता कुमार पौडेलको हत्या हो कि ‘इन्काउण्टर’ हो भन्ने प्रश्न गर्दै यस विषयमा छानबिन गर्न माग गरे । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.