www.tandavnews.com
Fact ~ In search of truth

दलित पत्रकारको राष्ट्रिय सम्मेलन असार १३ देखि पाल्पामा

पाल्पा ।

 

नेपाल पत्रकार महासङ्घमा आवद्ध दलित समुदायका पत्रकारहरुको राष्ट्रिय सम्मेलन पाल्पाको तानसेनमा यही असार १३, १४ र १५ गते हुने भएको छ ।

सम्मेलनलाई व्यवस्थित बनाउनका लागि महासङ्घले मूल समिति र छ उपसमिति गठन गरेको पाल्पा शाखा अध्यक्ष राजेशकुमार अर्यालले बताए ।सो सम्मेलनमा कार्यसमितिका पदाधिकारी, सल्लाहकार, केन्द्रीय तथा प्रदेश पार्षद, विभिन्न सञ्चारमाध्यमका प्रमुखको सहभागिता रहने बताइएको छ ।

Batas

देशभरबाट झण्डै एक सय बढी पत्रकारको सहभागिता हुँदा पाल्पाको पर्यटन क्षेत्रको थप प्रचारप्रसार हुने विश्वास गरिएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.