www.tandavnews.com
Fact ~ In search of truth

छत्रे टोपीमा हली बाबुराम

पोखरा,
ताण्डव न्युज ।

१६ औँ राष्ट्रिय धान दिवस देशभर धान रोपी विविध कार्यक्रम गरि मनाईदैँछ ।

वर्षमा एक दिन हिलो खेल्नुपर्ने मान्यता अनुसार असार १५ अर्थात धान दिवसको दिन आज हिलोमा पसी धान दिवस मनाउने चलन छ ।

Batas

पार्टीका नेताहरु पनि आजको दिनमा खेतको हिलोमा व्यस्त हुने गरेका छन् । यसैबीच गोरखामा आयोजित रोपाइँ महोत्सवमा समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराई हली बनेका छन् ।

छत्रेटोपी र हाफ पाइन्ट लगाएका भट्टराई हली र बाउसे भई रोपाई महोत्सवमा सहभागी भएका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.