www.tandavnews.com
Fact ~ In search of truth

मन्त्रीपरिषदकाे ‘विषादी’ निर्णय तत्काल लागू नगर्न सर्वोच्चको आदेश

काठमाडौँ
ताण्डव न्यूज ।

सर्वोच्च अदालतले देशमा आयात हुने फलफूल तथा तरकारीमा विषादी परीक्षणबारे मन्त्री परिषद्ले गरेको निर्णय तत्काल लागू नगर्न अन्तरीम आदेश दिएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने गरी राजपत्रमा आदेश प्रकाशित गरेपनि तयारी नपुगेको भन्दै विषदी परीक्षण गर्ने निर्णय फिर्ता लिएको थियो ।

Batas

न्यायधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न भनेको हो । आजको पेशीमा अधिवक्ता स्वागत नेपाल लगायतले बहस गरेका थिए ।

मन्त्री परिषदको निर्णय तत्काल खारेजीको माग गर्दै अधिवक्ता नेपाल लगायतले सर्वोच्चमा रिट दायर गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.