कञ्चनपुर ।
रोजगारीका लागि भारत जाने नेपालीको घुइँचो बढेको छ ।
कञ्चनपुरको गड्डाचौकी नाका हुँदै भारत जानेको संख्यामा वृद्धि आएको हो ।खेतीपातीको काम सकिएसँगै दसैं–तिहारका लागि खर्च जुटाउन भारत जाने नेपालीको भीड लागेको हो ।गड्डाचौकी नाकाबाट दैनिक पाँच हजारभन्दा बढी नेपाली रोजगारीका लागि भारत जाने गरेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।
उनका अनुसार यसरी रोजगारीका लागि भारत जानेमा युवादेखि वृद्धसम्म रहेका छन् ।उनीहरु रोपाइँ सकिएपछि दसैं खर्च जुटाउन भारतको सिम्ला, मुम्बई, दिल्ली तथा पुणेमा मजदुरी गर्न जाने गर्दछन् ।धान रोपिसकेपछि तीन÷चार महिना खाली बस्नुपर्ने भएकाले रोपाइँ सकेर रोजगारीका लागि भारत जान लागेको बर्दियाका गणेश चौधरीले बताए ।
उनले नेपालमा कुनै रोजगारीका अवसर नभएका कारण आफूहरु छोटो समयका लागि पनि भारतमै निर्भर हुनुपरेको गुनासो गरे ।साउनको पहिलो सातादेखि रोजगारीका लागि भारत जाने नेपालीको संख्या बढ्ने गरेको छ । रासस
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.